LAMJUNG Gallery

Contact the establishment

LAMJUNG Gallery Dear all,
This page is created for people from RAINAS with view point of doing something together for our birthplace.

We all are in different places of the world but today the world is like a family and if we have a wish power we can do something that could recognize our village in the country and even in the world.

23/09/2026
02/09/2026

लमजुङ र गोरखाको सिमा भएर बग्ने पबित्र चेपे नदी।

बितेका तीनै युगदेखि निरन्तर अविरल प्रवाहित हुँदै, आज कलियुगमा पनि धर्तीलाई सिञ्चित गरिरहेकी पवित्र चेपे नदी अर्थात् प्राचीन नाम चम्पावती।
समय फेरियो, युग फेरिए, पुस्ताहरू फेरिए; तर उनकी प्रवाह रोकिएन। चेपे नदीसँगै बगेका छन् हाम्रो इतिहास, संस्कृति, सभ्यता, बाल्यकालका सम्झना र पुस्तौँदेखिका कथा।
आज पनि उही वेगमा बगिरहेकी छिन्—हाम्रा गाउँबस्ती, खेतबारी र मनहरूलाई शीतलता दिँदै।
चेपे केवल नदी होइनन्, हाम्रो पहिचान, हाम्रो इतिहास र हाम्रो भावनासँग जोडिएको जीवनधारा हुन्।
जय चेपे! जय चम्पावती!

प्रकृतिको चेतावनीलाई अब गम्भीरतापूर्वक लिने बेला आएको छ।एकै झट्कामा त्रिशुली नदीको बाढीले हजारौँको धनजनको ठूलो क्षति पुर...
26/08/2026

प्रकृतिको चेतावनीलाई अब गम्भीरतापूर्वक लिने बेला आएको छ।

एकै झट्कामा त्रिशुली नदीको बाढीले हजारौँको धनजनको ठूलो क्षति पुर्‍यायो। वर्षौँको मेहनत, पसिना र लगानीबाट निर्माण गरिएका मानव बस्ती, भौतिक संरचना तथा पूर्वाधारहरू क्षणभरमै तहसनहस हुँदा यो केवल प्राकृतिक विपत्ति मात्र होइन, हामी सबैले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।

यस्ता विपत्तिहरू केही वर्षको अन्तरालमा दोहोरिइरहेका छन्। घटना हुँदा हामी केही समय दुःखी हुन्छौँ, राहत र पुनर्निर्माणका कुरा गर्छौँ; तर समय बित्दै जाँदा फेरि सबै कुरा बिर्सन्छौँ।

अब भने हाम्रा नीति–निर्माताहरूले यस्ता घटनालाई क्षणिक विपत्तिका रूपमा मात्र होइन, दीर्घकालीन जोखिमका रूपमा हेर्नुपर्ने अवस्था आएको छ। नेपालका नदी तथा खोला किनारमा अव्यवस्थित बस्ती र संरचना निर्माण, विपद् जोखिम न्यूनीकरण, प्रभावकारी पूर्वसूचना प्रणाली तथा सुरक्षित बसोबासका विषयमा दीर्घकालीन र व्यवहारिक नीति आवश्यक छ।

प्रकृतिले पटक–पटक दिएको चेतावनीलाई अब फेरि नबिर्सौँ।
आजै सोचौँ, सही निर्णय गरौँ र सुरक्षित भविष्य निर्माण गरौँ।

फोटो:- नुवाकोटको त्रिशुली बजारको अहिलेको अवस्था।

25/08/2026

धेरै समयपछि गाउँघरका दाजुभाइहरू एकै ठाउँमा भेला हुने सुन्दर अवसर जुट्यो। आपसी सरसल्लाहपछि वनभोज आयोजना गर्ने निर्णय गरी हामी बिहानै ठूलोबहरस्थित बोराङखोलातर्फ प्रस्थान गरेका थियौँ।दिनभरि नाचगान, पौडी, भलिबल र फुटबल खेल्दै रमाइलो गर्‍यौँ। त्यसैगरी, स्वादिष्ट परिकारहरू सामूहिक रूपमा तयार गरी सँगै बसेर भोजन गर्‍यौँ। रमाइला प्रसङ्गहरू सुनाउँदै हाँस्यौँ, सुख–दुःखका अनुभवहरू साटासाट गर्‍यौँ र पुराना आत्मीय सम्बन्धहरूलाई अझ गाढा बनायौँ। लामो समयपछि एकै ठाउँमा भेला भएर बिताएको यो दिन केवल वनभोज मात्र थिएन, आपसी माया, आत्मीयता र गाउँघरको अपनत्वलाई फेरि महसुस गर्ने अविस्मरणीय अवसर थियो।

ठूलोबहर, बोराङखोला, भलायखर्क, लमजुङ।

24/08/2026

Address

Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when LAMJUNG Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to LAMJUNG Gallery:

Shortcuts

Share