18/09/2026
#काठमाडौं । प्रधानमन्त्री बालेन शाहले युवा सांसदहरूलाई अध्ययन र कामबाट नीतिनिर्माण क्षमता बढाउन आग्रह गरेका छन्। शुक्रबार रास्वपाका ११ जेनजी सांसदसँग अढाइ घण्टा छलफल गर्दै उनले हरेक प्रश्नको उत्तर कृत्रिम बुद्धिमत्तामा खोजेर मात्रै परिपक्व नेता बन्न नसकिने बताए।
#सहभागीहरूका अनुसार प्रधानमन्त्रीले संसदमा युवा संख्या बढे पनि सञ्चालनको शैली पुरानै रहेको टिप्पणी गरे। उनले आफ्नै पुस्ताको पहिचानसहित नयाँ मुद्दा उठाउन, आफूभन्दा पछिल्लो पुस्तासँग संवाद गर्न र आर्थिक रूपमा स्वरोजगार बन्न सुझाव दिए।
#सांसदहरूले सरकारसँग कमजोर समन्वय, मन्त्रालयहरूको कार्यक्षमता, नियुक्तिमा मधेसीको प्रतिनिधित्व, मल अभाव, महँगी र बेरोजगारीबारे प्रश्न उठाए। प्रधानमन्त्रीले रोजगारी सरकारको प्राथमिकतामा रहेको भन्दै सुझाव कार्यान्वयनको आश्वासन दिए।
news Nepal Bahini