26/03/2026
उनि आउँछिन् बोलाउँछिन्
आफै लजाउँछिन् अनि अल्लि डराउँछिन्
उ त्यो क्षितिज पारि बस्छिन्
मलाई बादलका बीचबाट चिहाउँछिन्
म जाउँ भन्छु, उनलाई भेटु भन्छु
उनकै निकटमा रहु भन्छु
तर म बाधिएको छु
अचेटी रहेछ मलाई आफ्नै अपेक्षाहरुले
तिनका, कसका सबका अपेक्षाहरुले
सोच्छु कोसेली के बोकी जाउँ
के मनपराउलिन् उनि
हारेगलेको म? कि मरिसकेको म ?
उनको काख सिरानी, उनका औलामा अल्झिएका मेरा जगल्टा, आहा कति मज्जा आउँछ होला
सास फेरिरहेको म, आश गरिरहेको म
कल्पना येति मिठो छ
बिपना कत्ति दुर
उनि सोच्लिन निष्ठुरी
मा बिचरा मजबुर
होला कहिले भेट हाम्रो ? मिलन बिन्दु का हुने हो
किन आउनन् उनि, मलाई नै बोलाउँछिन्
उ आफै आए कति सहज हुन्थ्यो
एक हात साङ्ग्लोमा फसिरहदा
अर्को उनको निकट हुन्थ्यो।
उनि अब कति समय अझै ? भन्छिन्
म पर्खन अलि कति जोड घटाउ बाकि छ भन्छु
एउटा खाता नबुझ्दै अर्को हिसाब बिग्रिन्छ
एता बनाउँछु, उता भत्किन्छ
एता समेट्छु, कता पोखिन्छ पोखिन्छ
दिनमा सुसेलीन् उनले भेट्न बोलाइन्
थान्को मुनको भ्यार मिर्मिरेमा जाउँला भन्दा भन्दै रातै परिगएछ
अन्द्यरोमा डराउछिन् उनि भेटदिनन्
हेर्दा हेर्दै स्वात्तै दिन ढलिगएछ, रात छिप्पिसकेछ
अब भेटदिनन् उनि रात छिप्पिसकेछ।