Nepal Legends Diary

Nepal Legends Diary Its Official Page Of "Nepal Legends Diary"
Explore Voices- Update What Next's , Information,News.

ब्रेकिङ: नेपाली MMA खेलाडी रवीन्द्र ढाँट ‘रोड टु UFC–सिजन ५’ को फाइनलमा प्रवेश गरेका छन्। 🇳🇵❤️सेमिफाइनलमा कासिब मर्डोकला...
28/08/2026

ब्रेकिङ: नेपाली MMA खेलाडी रवीन्द्र ढाँट ‘रोड टु UFC–सिजन ५’ को फाइनलमा प्रवेश गरेका छन्। 🇳🇵❤️
सेमिफाइनलमा कासिब मर्डोकलाई पराजित गर्दै RabindraDhant ऐतिहासिक सफलता हात पारेका हुन्। 🥊🔥

बधाई र शुभकामना रवीन्द्र ढाँट! 🇳🇵❤️

बाढीपीडितका नाममा नक्कली QR कोड राखेर ठगीको आरोपबाढीपीडितलाई सहयोग गर्ने नाममा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को...
28/08/2026

बाढीपीडितका नाममा नक्कली QR कोड राखेर ठगीको आरोप

बाढीपीडितलाई सहयोग गर्ने नाममा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को पोस्टर प्रयोग गरी नक्कली QR कोडमार्फत रकम असुल्ने प्रयास भइरहेको खुलासा भएको छ।

बाहिर सरकारी कोषको विवरण राखिएको भए पनि QR कोड स्क्यान गर्दा रकम ‘श्रम संस्कृति पार्टी’ को खातामा जाने गरी जालसाजी गरिएको आरोप सार्वजनिक भएको हो।

विपद्को संवेदनशील अवस्थालाई दुरुपयोग गर्दै नागरिकबाट रकम असुल्ने यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरिएको छ। नागरिकलाई सहयोग रकम पठाउनुअघि QR कोड र खातावालाको नाम अनिवार्य रूपमा जाँच गर्नसमेत आग्रह गरिएको छ।

27/08/2026

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री बालेन शाह नुवाकोटको विदुर पुगेका छन्। बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री शाह विदुर पुगेका हुन्।
***n

🇮🇳🇳🇵 भारतबाट नेपालका लागि दोस्रो राहत उडानबाढी प्रभावित नेपालका लागि भारतले दोस्रो राहत उडान पठाएको छ। उक्त उडानमार्फत ३...
27/08/2026

🇮🇳🇳🇵 भारतबाट नेपालका लागि दोस्रो राहत उडान

बाढी प्रभावित नेपालका लागि भारतले दोस्रो राहत उडान पठाएको छ। उक्त उडानमार्फत ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री (HADR), औषधि र खाद्यान्नका प्याकेट नेपाल पठाइएको छ। 🙏🇮🇳🇳🇵

प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित नुवाकोटको विदुरतर्फप्रधानमन्त्री बालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी प्...
27/08/2026

प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित नुवाकोटको विदुरतर्फ

प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गर्नुभएको छ। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी हुनुहुन्छ। भ्रमणका क्रममा क्षतिको निरीक्षण गर्दै राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग छलफल गरिनेछ।

27/08/2026

बाढी अपडेट: १६५ जनाको शव फेला, ८६० जना सम्पर्कविहीन !

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि खोज तथा उद्धारमा ७ हजार ४१५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

रसुवामा बाढीका कारण सुरुङभित्र फसेका सात जनाको सकुशल उद्धार गरिएको छ।
27/08/2026

रसुवामा बाढीका कारण सुरुङभित्र फसेका सात जनाको सकुशल उद्धार गरिएको छ।

27/08/2026

भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। 😢💔

Source: नेपाल प्रहरीका प्रवक्ता

26/08/2026

बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरूमा कार्यरत १ सय ९० कर्मचारी सम्पर्कविहीन भएका छन् । 💔

१,६०० विद्यार्थीको सकुशल उद्धारभोटेकोशी–त्रिशूली बाढीका कारण त्रिशूली बजारसँगै त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवन...
26/08/2026

१,६०० विद्यार्थीको सकुशल उद्धार

भोटेकोशी–त्रिशूली बाढीका कारण त्रिशूली बजारसँगै त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भवनमा ठूलो क्षति पुगे पनि विद्यालयका करिब १,६०० विद्यार्थीलाई सकुशल उद्धार गरिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार केही छिटपुटबाहेक अधिकांश विद्यार्थी सुरक्षित छन्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Legends Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share