Rodhi digital

Rodhi digital सुचना संचार अनी मनोरन्जनको साथी

रोधी शब्द भन्ने बितिकै गुरुङ हो भन्ने बुझाउन पर्ने आवश्यकता पर्दैन । गुरुङ शब्द रो (सुत्ने ) धि (घर ) बाट रोधी बनेको हो । अहिले रोधी लाई रोती रोदी नि भन्ने गरेको पाईन्छ । गुरुङ समुदायको गतिबिधी सुचना मनोरन्जन लाई समेट्ने अभिप्रायमा रोधी पेज निर्माण गरिएको हो । तपाईंहरु को सस्कार सस्क्रिती सम्बन्धी गतिबिधी हामीलाई पठाउन सक्नुहुनेछ -समाचार सम्प्रेसनको लागि ।
भाषा सस्कार सस्क्रिती भेसभेसा हाम्रो जात

िय पहिचान हो ।
रोधी भनेको के हो ? रोधी किन लोप भयो ?फिल्म रोधिघर - https://www.youtube.com/watch?v=RD5lYrp6Vq0
हाम्रो युट्युब च्यानल -https://www.youtube.com/
हाम्रो वेब साइट - https://www.rodhidigital.com/

18/06/2026

मनंग गुरुंग र गणेश गुरुंग ।

गायिका प्रिया गुरुंग को गीत- क्यों साथ मा अभिनय गर्दै नायिका निस्ता गुरुंग । watch full video- https://youtu.be/vib16yGx...
18/06/2026

गायिका प्रिया गुरुंग को गीत- क्यों साथ मा अभिनय गर्दै नायिका निस्ता गुरुंग । watch full video- https://youtu.be/vib16yGxcjo?si=tXS9v0NJsg8e-avO

उतरी गोर्खाको रमणिय गुरुङ गाउ लाप्राकमा सम्पुर्ण छ्याङ्कन गरिएको गुरुङ फिल्म टुकु ( पछ्यौरी ) अब भाद्र महिनामा रिलिज हुन...
18/06/2026

उतरी गोर्खाको रमणिय गुरुङ गाउ लाप्राकमा सम्पुर्ण छ्याङ्कन गरिएको गुरुङ फिल्म टुकु ( पछ्यौरी ) अब भाद्र महिनामा रिलिज हुने तयारी मा रहेको छ । watch trailer - https://www.youtube.com/watch?v=NUA3klz6Pj0

CHANDANI GUYS को घाटु भोजमा - नानीलाई चिनेको बाटो नचिनेको watch full video-  https://www.youtube.com/watch?v=qdaXE07RZ48...
18/06/2026

CHANDANI GUYS को घाटु भोजमा - नानीलाई चिनेको बाटो नचिनेको watch full video- https://www.youtube.com/watch?v=qdaXE07RZ48 Rodhi digital

Yes We are Gurung film artist - filmakers हामीले बनाएको हाम्रो गुरुङ चलचित्र हामीले नहेरे कस्ले हेर्ने ? ? ङ्यो ल्हागिर ...
18/06/2026

Yes We are Gurung film artist - filmakers
हामीले बनाएको हाम्रो गुरुङ चलचित्र हामीले नहेरे कस्ले हेर्ने ? ? ङ्यो ल्हागिर ङ्यो फिल्म । Rodhi digital

यूकेको अल्डरसटस्थित म्युनिसिपल पार्कमा पूर्व गोर्खा वृद्ध र वृद्धामाथि भएको दुर्व्यवहारले दुखी बनाएको छ । स्थानीय सञ्चार...
18/06/2026

यूकेको अल्डरसटस्थित म्युनिसिपल पार्कमा पूर्व गोर्खा वृद्ध र वृद्धामाथि भएको दुर्व्यवहारले दुखी बनाएको छ । स्थानीय सञ्चार माध्यमहरूमा आएका समाचार तथा भिडियो क्लिप अनुसार पार्कमा बसिरहेका वृद्धवृद्धामाथि स्थानीय गोरो वर्णका एक व्यक्तिले गालीगलौज र हातपात गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उनले ‘तिमीहरू किन यहाँ बसिरहेको? आफ्नै देश फर्किएर जाओ’ भन्दै धकेलेर हातपात गरेका थिए ।

हुन त यस्ता मूर्खहरू सबै समाज र देशमा हुन्छन् नै । तैपनि आफ्नो जीवनको सबैभन्दा उर्वर समय जसका लागि खर्चे, रगत र पसिना बगाए, उनैबाट दुर्व्यवहार भोग्नुपर्दा जोसुकैको चित्त दुख्छ, गोर्खाहरुमा यही प्रतिक्रिया देखिएको छ । यो एक प्रकारको नश्लीय दुर्व्यवहार त हो नै, अर्कोतर्फ बेलायती साम्राज्यका लागि गोर्खाहरूले गरेको योगदानको घोर अनादर समेत हो ।

डा. हर्क गुरुङले भन्ने गर्नुहुन्थ्यो, "दोस्रो विश्वयुद्धपछि पहाडको युवा जनसंख्या उल्लेख्य रुपमा घटेको थियो ।" त्यसको मुख्य कारण दोस्रो विश्वयुद्धमा गोर्खाहरूको संलग्नता नै थियो । पहाडी क्षेत्रमा ठूलो जनसंख्या रहेका मगर, गुरुङ, राई र लिम्बु जातिका ठूलो युवा पंक्ति दोस्रो विश्वयुद्धमा मारिए, अङ्गभङ्ग भए र युद्धमै अड्किएका कारण प्रजनन प्रक्रियामा समेत बाधा पुग्यो । त्यसको नकारात्मक परिणाम त्यस भेगका नेपाली समाजले लामो समयसम्म भोग्नुपर्‍यो । गोर्खा भर्तीकै कारण यी जातिहरू विभिन्न राष्ट्रिय सूचकहरूमा पछाडि पर्न पुगेको तथ्य जगजाहेर नै छ ।

यसो भन्नासाथ, "तिमीहरू रहरले लाहुरे बनेका हौ, त्यसैले त धनको सुख पयौ" भनी लेख्ने, अथवा नलेखे पनि त्यस्तै सोच्नेहरूको लाम लाग्छ । तर मैले नै देखेका दर्जनौँ यस्ता कथाहरू छन्, जहाँ भर्ती हुन नचाहेर गोठमा लुक्न गएकाहरूलाई गल्लावाल र सिपाहीले जबरजस्ती समातेर लगेका थिए । सिपाहीमा मात्र होइन, हवल्दार पदमा बेलायती सेनाबाट अवकाश पाएर आएपछि पाउने पेन्सनले नुन-तेलसमेत किन्न नपुग्ने दुःखका दिनहरू उनीहरूले भोगेका थिए । त्यो समयमा लाहुरे हुनु रहर थिएन, बरु राज्यले लादेको बाध्यता थियो । आज हामीले देख्ने गरेको लाहुरेहरूको तामझाम सुरु भएको त कति नै वर्ष भएको छ र? त्यो पनि पूर्व गोर्खाहरूले आफ्नो न्याय र अधिकारका लागि दशकौँसम्म संघर्ष गरेपछि मात्र सम्भव भएको हो ।

बेलायती राज्यको तर्फबाट त उनीहरूले अझै पनि विभेद भोगिरहेकै छन्, त्यसमाथि युके पुगेका वृद्धवृद्धाहरूमाथि पटक-पटक यस्ता नश्लीय दुर्व्यवहार भएका समाचारहरू आइरहनु अत्यन्तै दुःखद र निन्दनीय छ । copied - khim ghale
(माथिको तस्विर सन् १८७५ मा गोर्खाहरु, तलको बुधबार दुर्व्यवहार भोग्दै पूर्वगोर्खाहरु)

त्यो बेलाको जोश - ४ असारमा मुर्हत - ४ भदौमा प्रदर्सन - फिल्म नम्स्ते छ्याजालो https://www.youtube.com/watch?v=AGMR_1aBNU...
18/06/2026

त्यो बेलाको जोश - ४ असारमा मुर्हत - ४ भदौमा प्रदर्सन - फिल्म नम्स्ते छ्याजालो https://www.youtube.com/watch?v=AGMR_1aBNUg Rodhi digital

rodhi digital PresentsGurung Film - Namaste chhyajalo शुभ मुर्हत...

उ बेला - २०५९ अशोज महिनामा लमजुगको घले गाऊमा गुरुंग फ़िल्म काशी शूटिंग भएको थियो । प्रितम गुरुंग ( बीच ) को लेखन निर्देश...
18/06/2026

उ बेला - २०५९ अशोज महिनामा लमजुगको घले गाऊमा गुरुंग फ़िल्म काशी शूटिंग भएको थियो । प्रितम गुरुंग ( बीच ) को लेखन निर्देशन मा बनेको फ़िल्ममा सबै कलाकारको पहिलो फ़िल्म थियो - काशी । सुबास गुरुंग ( हंगकग ) मंजु घले ( यूके ) कमला गुरुंग ( यूके ) बिजय घले ( अमेरिका - सिप ) ।

Address

Kathmandu
Kathmandu
PABITRANAGAR

Alerts

Be the first to know and let us send you an email when Rodhi digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Rodhi digital:

Share