08/12/2013
सुर पद्मा सम्मन २०७०
कार्यक्रम २०७० साल मङ्शिर २२ गते शनिबार सम्पन्न भयो
शनिबार राजधानीको प्रज्ञा भवनमा आयोजित एक समारोहकाबिच वरिष्ठ अभिनेत्री भुवन चन्द, गायिका रचना जिसी र रंग पत्रकार जयनसुब्बा मानन्धरलाई सम्मान गरिएको हो। वरिष्ठ संस्कृतविद् डा.सत्यमोहन जोशीले उनीहरुलाई सम्मान गरेका थिए। वरिष्ठ गायिका देविका बन्दनाले २०६९ सालमा नेपाली चलचित्र र संगीत क्षेत्रको विकास र विस्तारको लागि योगदान पुराउने उद्येश्यले सुर पद्मा सम्मान स्थापित गरेकी हुन्।
सम्मान कार्यक्रम मन्त्र दिब्य इन्टरटेन्मेन्ट प्रालिको आयोजकत्व र सिंह परिवारको सक्रियता एवं अध्यक्ष प्रविण सिंहको सभापतित्वमा सम्पन्न भएको थियो।