04/05/2026
काठमाडौं । कास्कीको पोखरामा सोमबार (वैशाख २१) सुकुम्वासीले प्रदर्शन गरेका छन् । पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो । त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।