20/04/2025
राज्यको दृष्टिकोणमा शिक्षकहरू कहिल्यै देशभक्त राष्ट्रसेवक कर्मचारीका रूपमा स्थापित हुन सकेनन्। एउटै तह र तप्कामा रहेर तथा योग्यता, श्रेणी, तह आदिमा समान भएर जीवनभर सरकारको नूनको सोझे गरिरहे पनि राज्यले शिक्षकहरूलाई कहिल्यै निजामती कर्मचारी जस्तै मूल्याङ्कन गर्न सकेन । किन हुन्छ यस्तो विभेद ? किन गरिन्छ शिक्षकलाई उपेक्षा ? शिक्षक सेवा र निजामती सेवाभित्र किन यस्तो अन्तराल तथा फरक दृष्टिकोण ? वर्षौ पढाएर स्कूलमा शिक्षा दिँदै डाक्टर, वकिल, इन्जिनियर, पाइलट आदि उत्पादन गर्ने शिक्षक किन सरकारी कर्मचारीको सूचीभित्र नअटाउने ? खोइ शिक्षकको मर्यादाक्रम ?
शिक्षक – जसले कलम समाउने हात बनाउँछ, भविष्य बनाउँछ, चरित्र निर्माण गर्छ।
तर, आज त्यो शिक्षक नै सडकमा छ – आफ्ना हक अधिकारका लागि, शिक्षाको भलोका लागि।
विद्यालय शिक्षा ऐन अझै अधुरो,
राहत र अस्थायी शिक्षकहरू अझै अनिश्चित भविष्यमा,
शिक्षकको सम्मान भाषणमा सीमित, व्यवहारमा छैन।
शिक्षकको आवाज दबाइयो भने, शिक्षाको आवाज हराउँछ।
शिक्षकको हक सुनिश्चित नगरिँदा, विद्यार्थीको भविष्य असुरक्षित हुन्छ।
सरकारलाई सम्झन जरुरी छ:
शिक्षकहरू मात्र कर्मचारी होइनन् – उनीहरू परिवर्तनका अग्रदूत हुन्।
राष्ट्र शिक्षाले बन्छ, र शिक्षा शिक्षकले।
शिक्षकको न्यायपूर्ण आन्दोलनप्रति एकजुट बनौं।
“शिक्षकलाई सम्मान गरौं, शिक्षाको जग बलियो बनाऔं।”
सन्तोष वली