Aagaman Update

Aagaman Update Exploring places, sharing stories & latest updates. Your digital companion — Aagaman Update.

08/07/2026

"सानालाई ऐन, ठूलालाई चैन" भनेको यही हो। जनतालाई सियोको टुप्पो जति गल्तीमा पनि कडा सजाय दिने, तर आफू चाहिँ जनताकै करमा विलासी जीवन बिताउँदै नियम मिचेर हिँड्ने परिपाटीले नै आम मानिसमा यो चरम निराशा र आक्रोश पैदा गरेको हो।

07/07/2026

जान्नेलाई छान्ने नारा थियो तर नियुक्ति हेर्दा आफ्नै मान्छेलाई अगाडि सार्ने अभ्यास पो रहेछ भाषणमा योग्यता व्यवहारमा आफन्तवाद यही हो त नयाँ शैली?

06/07/2026

जिन्दगी भर कांग्रेस भएर लुटे, अहिले नयाँ भन्न लाज लाग्दैन।" यस्ता गधालाई नयाँ मान्नु पर्ने हामीले!"

रास्वपाको स्वागत गेटले चितवनमा चालकहरूको बिचल्ली: गेट सानो हुँदा १० जनाको ३ दिनसम्म सडकमै बास !रत्ननगर , असार ६ । राष्ट्...
21/06/2026

रास्वपाको स्वागत गेटले चितवनमा चालकहरूको बिचल्ली: गेट सानो हुँदा १० जनाको ३ दिनसम्म सडकमै बास !

रत्ननगर , असार ६ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनको टिकौली जंगलमा निर्माण गरिएको स्वागत गेटका कारण पाँचवटा ठूला मालबाहक गाडीहरू अलपत्र परेका छन्। भारतबाट सामान लोड गरी चितवनको कुरिनटारस्थित बाह्रसिंगे बियर फ्याक्ट्रीतर्फ जाँदै गरेका ती गाडीहरू स्वागत गेटको उचाइ कम भएका कारण छिर्न नसकेपछि फिर्ता गरिएका हुन्।

गेटबाट छिर्न नसकेका ती गाडीहरूलाई हाल रत्ननगर-१० मा पर्ने निपनीको सडक छेउमा रोकेर राखिएको छ। गाडी चालकहरूका अनुसार रास्वपाको महाधिवेशन नसकिँदासम्म ती गाडीहरूलाई सो क्षेत्रमा प्रवेश गर्न नदिइने बताइएको छ। 'हामीलाई महाधिवेशन सकिएको ३ दिनपछि मात्रै जंगल प्रवेश गर्न दिइने जानकारी दिइएको छ,' एक चालकले गुनासो गरे।

गाडी रोकिँदा ५ वटा गाडीका चालक र सहचालक गरी १० जना अलपत्र परेका छन्। उनीहरूलाई आगामी ३ दिनसम्म खाने र बस्ने उचित व्यवस्था नहुँदा ठूलो सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भएको छ । पूर्व-पश्चिम राजमार्ग जस्तो व्यस्त सडकखण्डमा आवश्यक समन्वय र पूर्वतयारी बिना स्वागत गेट निर्माण गर्दा यस्तो अवस्था सृजना भएको छ ।

13/06/2026

त्यो दिन नेपालले १२ जना नागरिक गुमाएको थिएन, उसले १२ वटा परिवारको भविष्य गुमाएको थियो। १२ जना आमाहरूले आफ्ना छोराहरू गुमाएका थिए। १२ जना श्रीमतीहरूले आफ्ना जीवनसाथी गुमाएका थिए। दर्जनौँ छोराछोरीहरूले आफ्ना बुबा गुमाएका थिए।

सन् २००४ अगस्ट ३१ ।

काठमाडौँको एउटा म्यानपावर कम्पनीले उनीहरूलाई एउटा सपना बेचेको थियो।

"जोर्डनको राम्रो होटलमा काम छ, तलब पनि राम्रो छ।"

गरिबीले थिचिएका ती नेपाली दाजुभाइहरूलाई त्यो सपना स्वर्ग जस्तै लाग्यो। कसैले आमाको उपचार गराउने सपना देखेका थिए, कसैले छोराछोरीलाई राम्रो विद्यालय पढाउने। कसैले ऋण तिर्ने आशा बोकेका थिए भने कसैले घर बनाउने।

आफ्नो गाउँ, आफ्नो परिवार र आफ्ना प्रियजनलाई बिदाइ गर्दै उनीहरू विदेश उडे।

तर उनीहरूलाई थाहा थिएन - उनीहरू रोजगारीका लागि होइन, एउटा भयावह परिस्थितिमा पठाइँदै थिए।

जोर्डन पुगेपछि उनीहरूको पासपोर्ट खोसियो। उनीहरूलाई झुक्याएर युद्धले जलेको इराक पुर्‍याइयो। त्यहाँ उनीहरूलाई काम गर्न बाध्य बनाइयो।

घरमा परिवारहरू खुसी थिए।🙂

"अब छोराले फोन गर्ला।"
"अब श्रीमान्‌ले खबर पठाउलान् |

सबै प्रतीक्षामा थिए |

तर फोन आएन।☎️📲

एक दिन संसार स्तब्ध बनाउने एउटा
भिडियो सार्वजनिक भयो।

त्यो भिडियोमा १२ जना नेपालीहरू घुँडा टेकेर बसेका थिए। उनीहरूको आँखामा डर थियो। जीवन बचाउने अन्तिम आशा थियो। उनीहरू सैनिक थिएनन्, उनीहरू राजनीतिज्ञ थिएनन्, उनीहरू केवल श्रमिक थिए।

तर त्यो दिन उनीहरूलाई कुनै दया देखाइएन।

अतिवादी समूहले ती १२ नेपाली दाजुभाइहरूको ज्यान लियो, केही क्षणमै १२ वटा सपना, १२ वटा भविष्य र १२ वटा परिवारको खुसी समाप्त भयो।

सायद आफ्नो अन्तिम क्षणमा उनीहरूलाई आमा सम्झना आयो होला। 👵

सायद आफ्ना साना छोराछोरीहरूको अनुहार आँखाअघि आयो होला। 🧑‍🧑‍🧒‍🧒

सायद उनीहरूले सोचे होलान्...🙇

"हामी त केवल काम गर्न आएका थियौँ... हाम्रो दोष के थियो?"

त्यो खबर सार्वजनिक भएपछि नेपाल रोयो। 😓😔

काठमाडौँका सडकहरू आक्रोशित र पीडाले भरिए। हजारौँ नेपाली सडकमा ओर्लिए। प्रत्येक घरमा शोक छायो। प्रत्येक आँखामा आँसु थियो।

वर्षौँ बितिसक्यो।

तर ती १२ परिवारको घाउ अझै निको भएको छैन।

आज पनि जब हामी रेमिट्यान्सको कुरा गर्छौँ, देशको अर्थतन्त्रको कुरा गर्छौँ, तब हामीले सम्झनुपर्छ- यो देशमा आउने धेरै पैसाको पछाडि नेपाली श्रमिकहरूको पसिना मात्र होइन, असंख्य त्याग, पीडा र बलिदानका साथै रगत मिसिएको छ।

ती १२ नेपाली दाजुभाइहरू केवल श्रमिक थिएनन्।

उनीहरू सपना थिए।
उनीहरू आशा थिए।
उनीहरू कसैका संसार थिए।

आज पनि नेपालले उनीहरूलाई बिर्सिएको छैन।

ती १२ अमर नेपाली आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली!🙏🕯️💔🇳🇵🇳🇵

कहिलेकाहीँ इतिहासका सबैभन्दा ठुला दुःखहरू युद्धमा होइन, राम्रो भविष्य खोज्दै घर छोडेका निर्दोष मानिसहरूको अधुरो यात्रामा लेखिएका हुन्छन्।🇳🇵

चोर को वरिपरि चोर नै हुन्छ भनेजस्तै रबिको वरिपरि पनि ठग नै ठग।
03/06/2026

चोर को वरिपरि चोर नै हुन्छ भनेजस्तै रबिको वरिपरि पनि ठग नै ठग।

03/06/2026

अन्धभक्त नवझोले समर्थकहरुको सत्य र तथ्य सम्बन्धी अल्पज्ञानले सिध्याउँदै छ!घण्टे पार्टीलाई

03/06/2026

अन्धभक्त नवझोले समर्थकहरुको सत्य र तथ्य सम्बन्धी अल्पज्ञानले सिध्याउँदै छ!घण्टे पार्टीलाई

https://www.facebook.com/share/1DsWbp4fQR/?mibextid=wwXIfr
#

पहिलोपटक संसदको रोष्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री वालेन्द्र शाह नराम्रोसँग चिप्लिए । देशको कार्यकारी प्रमुख, त्यो पन...
31/05/2026

पहिलोपटक संसदको रोष्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री वालेन्द्र शाह नराम्रोसँग चिप्लिए । देशको कार्यकारी प्रमुख, त्यो पनि संसदको रोष्ट्रममा उभिँदा कति जिम्मेवार र सचेत हुनुपर्छ भन्ने सामान्य हेक्कासमेत नराखी दिइएको अभिव्यक्तिले देशको कुटनीतिक मर्यादा र स्वाभिमानमा गम्भी*र प्रश्न उठाएको टिप्पणी भइरहेको छ । यस्तो टिप्पणी जायज छ ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aagaman Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category