16/02/2026
[अत्यन्त जरुरी सूचना]
रेशराज प्रोडक्सन (Reshraj Production) र जंगे फिल्मस नेपाल (Junge Films Nepal) को संयुक्त प्रस्तुतिमा, यहि मिति २०८२ फागुन ७ गते (February 19, 2026) बुधबारका दिन राष्ट्रिय नाचघर, जमलमा आयोजना गर्ने तय भएको चलचित्र 'उस्ताद जी' (Ustad Ji) को विशेष प्रदर्शनी तथा सम्मान कार्यक्रम (Special Screening & Honor Program), विशेष प्राविधिक कारणवश (Due to Technical Reasons) हाललाई स्थगित गरिएको व्यहोरा दुःखका साथ जानकारी गराउँदछौं।
यस कार्यक्रमको अर्को मिति र समय छिट्टै नै सूचना मार्फत जानकारी गराउने छौं। अन्तिम समयमा आएर कार्यक्रम स्थगित गर्नुपर्दा हाम्रा सम्पूर्ण अतिथिज्यूहरू, कलाकारज्यूहरू तथा शुभचिन्तकहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।
धन्यवाद।
– रेशराज प्रोडक्सन प्रा. लि. परिवार