12/05/2026
टंक जी वाल बाट, उहाँले पनि सालोक्य जी को वालबाट तान्नु भएको, 17 वटा झटारो :
👉१. “देश डुबेको बेला कुर्सीमा बसिरहनु नै असली समस्या हो, उठेर हिँड्नु होइन !”
👉२. “प्रधानमन्त्रीले समय बचत गरे, अब त्यो १५ मिनेटमा ३ वटा फ्लाइओभर बन्छन्।”
👉३. “पुराना नेताले ३० वर्ष बस्दा देश बनेन, बालेन १५ मिनेट नबस्दा चाहिँ लोकतन्त्र खतरामा रे !”
👉४. “राष्ट्रपतिलाई उभिएर विदाइ गर्नु भन्दा जनतालाई उठाउने काम ठूलो हो।”
👉५. “बालेन protocol होइन productivity मा विश्वास गर्छन्।”
👉६. “संसद्मा बस्दा ‘काम गर्दैन’ भन्ने, निस्किँदा ‘किन निस्कियो’ भन्ने - आखिर चाहिएको के हो यिनीहरुलाई ?”
👉७. “यो परम्परा तोडेको होइन, WiFi कमजोर भएर बाहिर गएको हो।”
👉८. “पुराना नेताले राष्ट्रपतिलाई हेरेर ताली बजाए, बालेनले भविष्य हेरे।”
👉९. “संसदीय मर्यादा भन्दै ५० वर्ष देश बिगार्नेहरू अहिले etiquette सिकाउँदैछन्।”
👉१०. “धन्यवाद प्रस्ताव पारित नहुँदै निस्कनु visionary leadership हो, ending थाहा भइसकेपछि movie किन हेर्ने ?”
👉११. “बालेनले time management सिकाइरहेका छन्, संसद्ले अझै attendance management गर्दैछ।”
👉१२. “उहाँ हिँडेको होइन, प्रणालीको ढोंगबाट mentally logout हुनुभएको हो।”
👉१३.“प्रधानमन्त्रीको कुर्सी खाली भयो भनेर रोइहाल्नेहरू, जनताको भान्सा वर्षौंदेखि खाली हुँदा कहाँ थिए ?”
👉१४.“संसद् छोडेको होइन, symbolic protest हो — against boring speeches.”
👉१५.“आफू टिकटकको भिडियो दुई सेकेन्ड हेर्न नसकेर स्किप गर्ने, बालेनलाई १ घण्टा १० मिनेट speech सुन्ने stamina भएन भन्ने?”
👉१६.“पुराना नेताले संसद्मा बसेर देश खाली पारे, बालेनले कुर्सी खाली पार्दा चाहिँ राष्ट्र संकटमा रे !”
👉१७.“नेपालमा काम गर्ने मान्छे भन्दा बसिरहने मान्छेलाई बढी सम्मान गर्ने संस्कृति छ।”
***nshah