09/02/2026
कविता
मेरो देशले के मागिरहेको छ।।
मेरो देशले के मागिरहेको छ,
मेरो देशले शान्तिको बाटो रोज्ने अर्को बुद्ध मागिरहेको छ।
अन्यायमा परेका लाई न्याय दिलाउने
राम शाहा मागिरहेको छ!
दलाल भष्टाचार गर्नेको निम्ति
कडा भन्दा कडा सुरक्षा मागिरहेको छ।
सामाजिक कुरीति हटाउनको लागि
ज्ञानको ज्योति छर्ने देवकोटा मागिरहेको छ।
डर, घुर्की अनि त्रासमा जीवन बिताउने लाई
स्वतन्त्रता मागिरहेको छ।
भोकमरीमा परी अकालमा ज्यान गुमाउने लाई,
एक मुठ्ठी चामल मागिरहेको छ।
गरीब जनताको खुन चुसेर
रातारात अरबौं डलर कमाउने, नेता लाई दण्ड मागीरहेको छ।
मेरो देशले शान्तिको बाटो रोज्ने अर्को गौतम बुद्ध मागिरहेको छ।
Balen
Yatri CR7