14/08/2026
आदरणीय अभिभावकज्यूहरू,
हामीले अटिजम अन्तरक्रिया कार्यक्रम यही आउने ३० गते शनिबार दिउँसो २:३० बजेदेखि DVM School को सभाहलमा सञ्चालन गर्ने निर्णय गरेका छौँ।
कार्यक्रम चलिरहँदा नानीहरूलाई हामी मूर्तिकला सिकाउन Mectrix मा लैजाने व्यवस्था गरेका छौँ। यसरी अभिभावकज्यूहरूको अन्तरक्रिया कार्यक्रम र नानीहरूको ट्रेनिङ लगभग एउटै समयमा सम्पन्न हुनेछ।
कार्यक्रम तथा ट्रेनिङ सकिएपछि नानीहरूलाई अभिभावकज्यूहरूले सँगै घर लैजान सक्नुहुनेछ।
हजुरहरूको सहजता र सहभागितालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो। त्यसैले सबै अभिभावकज्यूहरूलाई कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏