13/02/2026
जहाजको परिक्षणको लागि प्रोफेसरहरूको एउटा समूहलाई बोलाइयो र उनीहरूलाई विमान भित्र बसालियो । जब ढोका बन्द भयो र विमानलाई उडाउन तयारी गर्न थालिएको थीयो, त्यसै बखत विमानको बारेमा एकजना व्यक्तिले जानकारी दिन थाल्छन ।
उसले भन्छ, 'यो विमान तपाईकै विद्यार्थीहरूले बनाएको विमान हो ।' यति जानकारी उसले के गराएको थियो त्यसपछि सबै प्रोफेसरहरू विमानको ढोकातिर दौडिन्छन्, उनीहरूलाई आफ्नै विद्यार्थीप्रति भरोसा थिएन । कता गएर के हुने हो, यसैले पहिल्यै ज्यान जोगाउन दौडाहामा थिए । तर त्यस्तैमा एकजना प्रोफेसर भने आत्मविश्वासका साथ आनन्दसँग बसिरहेका थिए ।
कसैले उक्त प्रोफेसरलाई सोध्यो 'तपाई किन बाहिर जान नखोज्नुभएको ?'
प्रोफेसरले आत्मविश्वासका साथ जवाफ दिए, 'यी जहाज बनाउने हाम्रा हाम्रा विद्यार्थी हुन्, यसैले म ढुक्क छु ।'
उसले सोध्यो, 'भनेपछि तपाई निश्चित हुनुहुन्छ कि तपाइँले विद्यार्थीहरूलाई राम्रोसँग सिकाउनुभएको थियो?'
प्रोफेसरले भने, 'कुरो त्यसो होइन, यो उड्दै उड्दैन भन्नेमा चाहिँ म ढुक्क छु ।'
🤪