19/07/2026
हेर्दा यो एउटा सामान्य तस्वीर देखिए पनि, यसले बोकेको आदर्श, निष्ठा र प्रेम निकै गहिरो अनि अनुकरणीय छ। 🌟
हरेक सफल यात्राको पछाडि एउटा दह्रो मार्गदर्शक र अटल विश्वास लुकेको हुन्छ। हाम्रो न्यु भिजन ओपन क्र्युका संस्थापक बब्लु कुमार शाह ज्यूले विगत लामो समयदेखि जसलाई आफ्नो जीवनको परम आदर्श मानेर स्काउटिङको यात्रामा अघि बढिरहनुभयो, आज उनै मार्गदर्शक, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त एवं यस क्र्युका प्रमुख संरक्षक आदरणीय रबिन दाहाल सरको हातबाट 'एडभान्स स्कार्फ' ग्रहण गर्नुभएको छ।
यो केवल एउटा स्कार्फ पहिरिएको क्षण मात्र होइन; यसभित्र वर्षौंदेखिको त्याग, समर्पण र स्काउटिङप्रतिको अगाध प्रेम लुकेको छ।
विशेष त, आफू स्वयंले जग बसालेर सफलताका साथ संचालन गरेको माउन्ट मकालु स्काउट ट्रुपको १०औँ वर्षको विशेष समारोहको पावन अवसरमा, आफ्नै प्रिय स्काउटहरूलाई साक्षी राख्दै आफ्ना गुरु/मार्गदर्शकको हातबाट यो दिक्षान्त प्राप्त गर्नु आफैमा ऐतिहासिक र महान क्षण हो।
यो सुन्दर एवं गौरवमय पलको साक्षी बन्न पाउँदा सिङ्गो न्यु भिजन परिवार निकै गौरवान्वित महसुस गर्दछ। हाम्रा दुवै आदरणीय व्यक्तित्वहरू (रबिन सर र बब्लु सर) प्रति हार्दिक सम्मान एवं नमन! 💐🙏
स्काउटिङको यो आदर्श यात्राले निरन्तरता पाइरहोस्, हार्दिक बधाई तथा शुभकामना!