22/08/2012
Click out Exclusive pix of Miss Dang 2012 Training Session has been was started today( 6th bhadra 2069 ) in Ghorahi, Dang, Nepal. It will be continue till 26th bhadra 2069. Get all detail information, Images, Gossips about the event only at facebook.com/merodang ( Merodang.com) Official online media partner for Miss Dang 2012
Miss Dang 2012 Training Session has been was started today( 6th bhadra 2069 ) in Ghorahi, Dang, Nepal. It will be continue till 26th bhadra 2069.
पेज–३ इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस दाङ–२०१२’ को ट्रेनिङ बुधारबाट घोराहीमा सुरु भएको छ । यसक्षेत्रका युवतीहरुको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले आयोजना गरिएको ‘मिस दाङ–२०१२’ प्रतियोगिताअन्तर्गत विभिन्न कजेलहरुबाट छानिएर आएका युवतीहरु बीच अडिसनको आयोजना गरी २६ जना युवतीहरु छनौटमा परेको पेज–३ का डाइरेक्टर थम्मन भण्डारीले जानकारी दिनुभयो । छनौटमा परेका युवतीहरुले अब फाइनलका लागि प्रतियोगिताको नियमानुसार २६ दिनसम्म परिचय दिनेदेखि, ढल्किएर हिड्ने (क्याटवाक) कसरी गर्ने भन्ने सम्मको ट्रेनिङ लिनेछन् । यसक्षेत्रको आवश्यकतालाई महसुस गरी ‘मिस दाङ–२०१२’ को आयोजना गरेको बताउने पेज–३ ईन्टरटेनमेन्टले मिस प्रतियोगितामा युवतीहरुको उत्साहपूर्ण सहभागिता रहेको बताएको छ ।
घोराही र तुलसीपुरमा भएको अडिसनबाट छानिएका २६ जना युवतीहरुमध्ये १० जना तुलसीपुरका र बाँकी घोराही र आसपासका रहेका छन् । जसअन्तर्गत तुलसीपुरबाट सुष्मा श्रेष्ठ, अस्मिता लामिछाने, संयुक्ता श्रेष्ठ, निर्मला केसी, भावना वली, सुमित्रा केसी, उर्मिला भण्डारी, लक्ष्मी रेउले, पद्मा केसी र अस्मिता थापा रहनुभएको छ । यसैगरी घोराहीबाट सरला श्रेष्ठ, रोशनी घर्तीमगर, आरती न्यौपाने, गिलिशा पुनमगर, समिक्षा खनाल, सितल शेरपाइली, रोशनी थापा, रञ्जिता खड्का, निलम सोनी, अनिता बुढाथोकी, अञ्जु डाँगी, झरना न्यौपाने, कल्पना बुढामगर, जुनु बस्नेत, एलिशा राना र रश्मा श्रेष्ठ रहनुभएको छ । ‘मिस दाङ–२०१२’ का सहभागीहरुलाई फाइनल राउण्डसम्म पुग्नका लागि सबै किसिमले तयार गर्न दिब्या याक्खा र प्रज्वल शाक्यले कोरियोग्राफी गर्नुहुने आयोजक संस्थाका डाइरेक्टर भण्डारीले जानकारी दिनुभयो । ट्रेनिङकै अवसरमा युवतीहरुमा रहेको प्रतिभा प्रस्फूटन गराउनका निमित्त ट्यालेन्ट शोलगायतका विभिन्न गतिविधिहरु गरिने थम्मनले जानकारी दिनुभयो । बुधबारबाट सुरु भएको ट्रेनिङमा ट्रेनिङको नियमहरुको बारेमा जानकारी दिँदै प्रशिक्षक दिब्या याक्खाले सधैँ ट्रेनिङमा आउने बेलामा समयमा आउन र हँसिलो अनुहारमा आउन आग्रह गर्नुभयो । कुनै पनि कार्यमा सफल हुनका निमित्त समयको महत्वलाई बुझ्न सकिएन भने कुनैपनि कार्यमा सफलता हासिल गर्न नसकिने बताउँदै याक्खाले ट्रेनिङ समयमा कुनैपनि सहभागि १ मिनेट पनि ढिला गर्न नहुने जानकारी गराउनुभएको थियो । प्रतियोगितामा सहभागी भैसकेपछि एकजना
बिजेता भएपनि त्यसलाई नराम्रो रुपमा नलिएर हामी सबै बिजेता हो भन्ने ठानेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासनले जिल्लामा पहिलोपटक आएको यस्तोखालको अवसरलाई सहभागीहरुले भरपुररुपमा प्रयोग गर्न आग्रह गर्नुभयो । यो प्रतियोगिताले आज मात्र नभएर भोलिका दिनमा समेत अगाडि बढ्नका निमित्त सहयोग गर्ने उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा आयोजक संस्था पेज–३ का डाईरेक्टरहरु थम्मन भण्डारी, नरेश बिक, राज राना, रुपम थापालगायतले बोल्नुभएको थियो । ‘मिस दाङ–२०१२’ मा १६ वर्षदेखि २४ वर्षसम्मका अविवाहित युवतीहरुको सहभागिता रहेको छ । फाइनलका निमित्त मोडलिङ क्षेत्रमा अब्बल मानिने सिनियर निर्णायकहरु तथा केन्दीय कलाकारहरु आउने डाइरेक्टर नरेश बिकले जानकारी दिनुभयो ।
© 2012 | All rights reserved by Mero Dang Network. All the photos & other materials, do not use or reproduce without authorized permission.