11/08/2026
(१) Construction Experience in Key Activities
वोलपत्र सम्बन्धि कागजातमा Construction Experience in Key Activities भनेर मागिएको हुन्छ l उदाहरणको लागि यो ठेक्कामा Bituminous Concrete Work of 330 Cum भनेको छ !
(२) Contract of Similar Size and Nature
Similar Size and Nature मा " that are similar to the Proposed Works. The similarity shall be based on Physical Size, Complexity, methods or technology or other characteristics as described" समेत भन्ने उल्लेख छ l
यस्तो अवस्थामा Similar Size and Nature भन्नाले के लाइ जनाउदछ ?
• Bituminous Concrete Works कै अनुभव चाहिने हो कि ?
• RCC Pavement Works को काम गरेको भएपनि हुने हो कि ?
• अथवा ११.६ मिलियन रकम बराबरको काम भएको जुनसुकै सडक भएपनि हुने हो ?
यसमा प्राय: दुबिधा रहने गरेको पाइन्छ ! र, Bid Document अनुसार ठ्याक्कै यस्तै भन्ने पनि बुझिदैन ! सडकको प्रकृति अनुसार कहिले काही कालोपत्रे-बिटुमिन सहितको वा कालोपत्रे ढलान सहितको भएपनि हुने हो भन्ने बुझिन्छ !
Contract of Similar Size and Nature लाइ केहि फरक ढंगले उल्लेख गर्नुपर्ने हो कि जस्तो पनि लाग्दछ ! अझ कहिले काहिँत Key Activities मा Asphalt Concrete छ भने Similar Nature मा पनि Asphalt Concrete नै आबश्यक हुन्छ भन्ने गरिएको पनि पाइन्छ !
यसो हेर्दा चाहि यसको मतलब Key Activities मा जुन काम उल्लेख गरिएको हुन्छ, Similar Nature मा पनि त्यहि काम गरेको हुनुपर्ने हो कि भन्ने पनि बुझिन्छ !
हजुर हरुले ठेक्का Bid गर्दा यस सम्बन्धमा त्यस्ता केहि समस्याहरु आएका छन् कि ? एकै वोलपत्र प्रणाली अन्तर्गतका ठेक्काहरुमा विभिन्न कार्यालय अनुसारका आआफ्ना बुझाइ हुँदा निर्माण व्यबसायीहरुलाई ठेक्का Bid गर्दा समस्या आउने गरेको पाइन्छ ! कुनै कार्यालयमा सोधपुछ गरेर ठेक्का हलिसकेपछी मुल्यांकन को चरणमा कर्मचारी परिवर्तन हुनेगर्दा अझै धेरै समस्याहरु आएको पनि देख्न सकिन्छ !
यस्ता विषयमा एकरुपता हुनसकेमा Bidders हरुलाई पक्कैपनि केहि सहजता हुने थियो कि !?