20/08/2026
फुकुओकामा फेरि 🥲एक नेपाली महिलाको शव खोलामा भेटियो
खोलामा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि, हत्याको आशंकामा अनुसन्धान सुरु
फुकुओका शहरको खोलामा 19 तारिखमा एक नेपाली महिलाको शव भेटिएपछि प्रहरीले हत्याको घटना मानेर अनुसन्धान सुरु गरेको छ।
घटनाको मुख्य विवरण
मृतकको पहचान: नेपालकी २५ वर्षीया विद्यार्थी राजवंशी लक्ष्मी, जो फुकुओकाको एक भोकेशनल कलेज (सेन्मोन गाक्को) मा अध्ययनरत थिइन्।
घटनास्थल: नाकागावा खोला (नाका रिभर), तेन्जिन, चुओ वार्ड, फुकुओका शहर।
शव फेला परेको समय: 19 तारिख बिहान ६ बजेभन्दा केही अघि। एक महिलाले "खोलामा मानिस तैरिरहेको जस्तो देखिन्छ" भन्दै प्रहरीलाई (110) फोन गरेकी थिइन्।
अनुसन्धान र प्रमाणहरू:
लक्ष्मीको टाउकोमा कुनै गह्रौँ र कठोर वस्तुले हानिएको जस्तो देखिने धेरै चोटहरू फेला परेका छन्।
कोठामा रगत र हातहातापाईको निशान: शव भेटिनुभन्दा करिब साढे दुई घण्टा अघि उनकी साथीले "लक्ष्मी हराइन्" भनेर प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी लक्ष्मीको अपार्टमेन्ट पुग्दा उनी थिइनन्, तर उनको सुत्ने कोठामा रगतका थोपा र हातापाई भएको स्पष्ट प्रमाण भेटिएको थियो।
छिमेकीको बयान: 18 तारिख राति 10:30 देखि 19 तारिख मध्यरात 12:30 बजेको बीचमा छिमेकीहरूले ठूलो वस्तु वा मानिस खोलामा खसेको जस्तो आवाज सुनेको बताएका छन्।
प्रहरीको अनुमान:
लक्ष्मी 18 तारिख राति 10:20 बजेतिर फुकुओका शहरस्थित आफ्नो पार्ट-टाइम काम (अरुबाइतो) बाट एक्लै निस्किएको पुष्टि भएको छ। प्रहरीका अनुसार उनी कामबाट घर फर्किएलगत्तै आक्रमणमा परेको सम्भावना उच्च रहेको छ। प्रहरीले विशेष अनुसन्धान टोली गठन गरी घटनाको गहिरो छानबिन गरिरहेको छ।
Source TNC News Japan 🇯🇵