19/05/2026
मलाई लाग्छ मानिस सधै इमानदार हुनुपर्छ।जसले हाम्रो पेशा र सञ्चालित सबै संस्थाहरु सबै शेयर होल्डर र सेवाग्राही सबै ,सधै विश्वस्त हुन सकुन् । हामीले सञ्चालन गरेका संस्थाहरुबाट कोही कहिल्यै नठगिने गरि सेवा प्रवाह हुन सके संस्थाको आर्थिक प्रशासन प्रशासनिक नियन्त्रण भीत्र पनि कमभन्दा कम खर्चले चलाउन सकिन्छ भनें। सेवाग्राहिको विश्वासले संस्थालाई निरन्तरता दिन सकिन्छ भनें हिसावको पारदर्शिताले संस्थाको नाफामा शेयर सदस्य र अन्य सेवाग्राहिले समेत धेरै प्रकारका लक्ष हासिल गर्न सक्ने छन् ।लेखापरीक्षकले पनि खुला र खुशी साथ छोटो समयमै लेखापरीक्षण कार्य सजिलै सक्ने छन्। स्पष्ट र संस्थाको गति विधि विस्तृत रुपमा सगौरव प्रस्तु गर्ने छन् ।
एक जनाको बेइमानिले धेरै जनालाई रिस्क दुःख र सास्ती खर्चको बृद्धि र संस्थाको समेत विलय हुन सक्छ । त्यसै धैर्यता पूर्वक आआफ्नो ठाँउबाट इमानदारिताको पालना गरौं । हाम्रो अघि सदा सफतानै लाग्नेछ ।