Just Nepali

Just Nepali Comedy Junction and Memes

16/11/2025

Get ready for NPL season 2❤️🏆️

22/09/2025

Try not to laugh challenge🤭🤫

शिक्षामन्त्री महावीर पुन को शैक्षिक यात्रा यसप्रकार रहेको छ:२०२७ साल : एस.एल.सी.सन् १९९२ : साइन्स एजुकेशनमा ब्याचलर डिग्...
22/09/2025

शिक्षामन्त्री महावीर पुन को शैक्षिक यात्रा यसप्रकार रहेको छ:

२०२७ साल : एस.एल.सी.

सन् १९९२ : साइन्स एजुकेशनमा ब्याचलर डिग्री

सन् २००१ : एजुकेशनल एडमिनिस्ट्रेसनमा मास्टर डिग्री 🎓

22/09/2025

सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेल ले घोषणा गरेका छन्—अब ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा न...
22/09/2025

सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदिश खरेल ले घोषणा गरेका छन्—अब ५ महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट उपलब्ध हुने छ 🚀📶

Sainik Manch, Tudikhel filled with the spirit of Constitution Day. ❤️
19/09/2025

Sainik Manch, Tudikhel filled with the spirit of Constitution Day. ❤️

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले लेखेका छन्—“GenZ आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर आत्माहरूप्रति हार्दिक श्रद्...
17/09/2025

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले लेखेका छन्—

“GenZ आन्दोलनमा शहीद भएका सम्पूर्ण वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। तपाईँहरूको बलिदान केवल इतिहासको पानामा मात्र सीमित हुने छैन, यो देशका हरेक युवाको मुटुमा दीप बनेर सदैव जलिरहनेछ। न्याय, अधिकार र परिवर्तनका लागि जीवन अर्पण गर्ने तपाईँहरूको साहस हाम्रो प्रेरणाको ज्योति बनेर सधैं चम्किरहनेछ।”

साथै उनले धनगढी–१ जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड (महिला उद्यम बजार क्षेत्र) सम्मको सडकलाई “GenZ मार्ग” नामाकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा प्रस्तुत गर्ने जानकारी दिएका छन्।

उनले नगरवासीलाई पनि सो सडक क्षेत्रमा “GenZ मार्ग” नाम प्रयोग गर्न अपिल गरेका छन्।

यस वर्षको संविधान दिवस सामान्य ढंगले नै मनाइने भएको छ।गृहमन्त्री ओमप्रकाश आचार्यले भने, “देश शोकमग्न अवस्थामा छ। जेन–जेड...
17/09/2025

यस वर्षको संविधान दिवस सामान्य ढंगले नै मनाइने भएको छ।
गृहमन्त्री ओमप्रकाश आचार्यले भने, “देश शोकमग्न अवस्थामा छ। जेन–जेड आन्दोलनमा धेरै युवाले बलिदान गरेका छन्, धेरै घाइते भएका छन्। यस्तो अवस्थामा उत्सवको माहोल बनाउन सम्भव छैन, त्यसैले यो संविधान दिवस शहीद तथा घाइते युवाहरुलाई समर्पित गर्दै मनाइनेछ।”

प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट पारिन् —“मन्त्रीहरूको संख्या ११ भन्दा बढी हुने छैन, साथै कुनै पनि पार्टीसँग प्रत्यक...
17/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले स्पष्ट पारिन् —
“मन्त्रीहरूको संख्या ११ भन्दा बढी हुने छैन, साथै कुनै पनि पार्टीसँग प्रत्यक्ष सम्बन्ध राखेका व्यक्तिहरूलाई मन्त्री बनाइने छैन।”

Gen Z आन्दोलनका क्रममा क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले “हाम्रा संरचना, हामी आफैं बनाऔं” अभिया...
17/09/2025

Gen Z आन्दोलनका क्रममा क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले “हाम्रा संरचना, हामी आफैं बनाऔं” अभियान सुरु गर्ने भएको छ।

यस अभियानमार्फत स्वदेश र विदेशमा रहेका नेपालीहरूसँग सहयोग संकलन गरी पुनर्निर्माणको काम अघि बढाइने सरकारी योजना छ।

Address

Biratnagar
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Just Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category