ΒεдυтIfυL βhακταρυr

ΒεдυтIfυL βhακταρυr Bhaktapur is the peaceful city among other city.. BHAktapur is an ancient historical and cultural city of NEpal .

Bhaktapur is known as"Bhadgaon" in NEpali language and "Khwopa de " or "KHwopa desh" in local NEwari language.Everyone should visit Bhaktapur.The most interesting part for Bhaktapur is Newari for the cilture and tradition.

12/09/2025

Gen z समूह जन्मेकों हैन जन्माई एको हो ।

07/01/2025

ठुलो धक्का

05/01/2025

चागुनारायण नगरपालिकाद्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रथम धिमय् बाजा प्रतियोगिता मिति २०८१/९/२० गते ताथली फाँटमा आयोजित प्रतियोगितामा चा.न.पा ३ झौखेल "श्री कोटदेबी दाफा भजन"का भाइहरुको उत्कृष्ट प्रस्तुति हेर्नुहोस्।
Video: Rajan suwal

वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगितामा ताथली प्रथम     भक्तपुर । वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगितामा ताथल...
04/01/2025

वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगितामा ताथली प्रथम



भक्तपुर । वागमती प्रदेशस्तरीय धिमय् बाजा प्रतियोगितामा ताथली प्रथम भएको छ । चाँगुनारायण नगरपालिकाले आयाेजना गरेकाे वागमती प्रदेशस्तरीय प्रथम धिमय् बाजा प्रतियोगितामा ताथलीकाे ताथली धिमय् खल: प्रथम भएकाे हाे ।

साे प्रतियोगितामा ताथलीकै तैकाबु गणेश सांस्कृतिक समूह दाेस्राे र भक्तपुरको निओ फ्युजन बाजा समूह तेस्रो भएकाे छ । सान्त्वना भने देउला धिमे बाजा खल, बनेपा भएको छ ।
साे प्रतियोगितामा विजेता टाेली ताथलीले नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या पाएकाे छ भने द्वितीय भएकाे तैकाबु गणेश सांस्कृतिक समूहले रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीय भएकाे निओ फ्युजनले रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनाले रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान पाएकाे छ ।

उनीहरूलाई भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष साेम प्रधान, ५ का जयन्द्र खड्का, वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, वडा नं. ९ का वडा अध्यक्ष एवम् कार्यक्रम संयाेजक गणेश त्यात लगायतले पुरस्कार वितरण गरेका थिए ।

Sad News: Bibek Pangeni is no more with us as per his family sources.😢💔 🕊️
19/12/2024

Sad News: Bibek Pangeni is no more with us as per his family sources.😢💔
🕊️

18/12/2024

Herna janubhayo ta Bhaktapur Mahotsav 😍?
video : Archana suwal

A day in my life, Sabina Shrestha, Registred Nurseआइतबार महत्वपूर्ण साँस्कृतिक पर्व, यः मरी पुन्ही परेको, साथै शनिबार र ...
17/12/2024

A day in my life, Sabina Shrestha, Registred Nurse

आइतबार महत्वपूर्ण साँस्कृतिक पर्व, यः मरी पुन्ही परेको, साथै शनिबार र आइतबार दुई दिन विदा परेकोले, म आफु पढ्ने कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट आफ्नो घर, काभ्रे जानको लािग निस्कीए ।
गोंगबु बसपार्क पुगे । त्यहा मयुर यातायातको गाडी थियो, मैले सोधे, यो गाडी साँगा जान्छ ? जवाफ आयो, “अ जान्छ, जान्छ, बस्नु ।”
गाडीमा अलि हल्ला हुने त स्वाभाविक नै थियो, स्पीकरमा गीत पनि बजिरहेको थियो । मैले पनि एयरफोन लगाएर एकैछिन आखा चिम्लीए, सुर्यविनायक, भत्तपुरमा धेरै बेर सम्म गाडी नचलेपछि मलै किन चलेन भनेर हेदा त सबै यात्रुहरु झर्दै रहेछन् । मैले सहचालकलाई फेरी सोधे यो गाडी यहि सम्म मात्र होर ? उहाँले जवाफ दिनु भो, अ यही सम्ममात्र हो झनुर्स ।
मैले सहचालकलाई फेरी सोधे , अनि तपाईले अधि मैले सोध्दा त साँगा सम्म जान्छ भनेको होइन र ? नत्र म बसपार्कमा अरु गाडीमा चढ्थे नि ?
तपाई पहिला भाडा दिएर झनुर्स, म तपाईलाई अर्को गाडीमा हाल्दि हाल्छुनि । सहचालक झर्किए ।
भाडा दिएर अर्को गाडीमा जाने कुरा मात्र होइन, बिचमा आएर यस्तो कसरी भयो भनेर जिज्ञाशा राख्दा सहचालकले तपाई धेरै ठुलो कुरा नगर्नु भनेर झनै रिसाए ।
यात्रुलाई सुरक्षित आफ्नो गतब्यमा पुर्याउने उहाँहरुको जिम्मेवारी हुन्छ तर बिचमै झर्न भनेर उहाँ झनै झर्कनु भयो, मैले पनि अर्कोगाडीमा सिट मिलाईदिन आग्रह गर्दै सहमति जनाए ।
आधिबाटोमा सिट कहाँबाट मिलाईदिनु मैले ? सहचालकले मलाई पिटला झै गरे । मैले उहालाई, आफुले जिम्मा लिएर आए पछि जम्मेवार बन्नुस भने ।
अनि चलक ज्यू आएर तपाई जानुस बहिनी, बरु तपाईको भाडा पर्दैन भन्नु भयो ।
खासमा यो भाडाको वा पैसाको कुरा थिएन, कुरा थियो त जिम्मेवारीको, कर्तव्यको । गाडीमा कहिलेकाही प्राविधिक गडबढी नहुने होइन, तर जायज कारण त हुनुपर्यो ।
सहचालकले, साँहूले फोन गरेर गाडी रिजर्ब अर्डर आएकोले गाडी फर्काएर लानु पर्ने बताए । रिजर्भ भो भन्दैमा यत्रो मान्छे झार्न पाइन्छ? साझको ६ बज्न लागि सक्यो, अध्यारो भई सक्यो, यस्तो चिसोमा यात्रुहरुलाई अलपत्र पार्न पाइन्छ ? तपाईको जिम्मेवारी हुदैैन ? त्योसो भए मलाई तपाईको साहुँको नम्बर दिनुस भनी नम्बर मागे । उनले झनै झर्किदै, साहुको नम्बर किन चाहियो भने । मैले म कुरागर्छु भनेर जवाफ दिए । सहचालकले कुरागरेर तपाईले केही पनि पाउनु हुन्न, अरु सबै जना गइ सक्यो तपाईमात्र बहुला हो एक्लै कराएर बस्नलाई? भने ।
त्यस पछि मलाई असहिय भयो, त्यसो भए, मैले बसको नम्बरको फोटो खिचेर ट्राफिकमा जान्छु भने अनि फोटो खिचेर ट्राफिक बिटमा गइ मौखिक उजुर दिए । त्यहा वरपर भएका अरु मानिसले पनि मेरो कुरामा सहमति जनाउदै, मयुर गाडीले प्राय यस्तै गर्ने गरेको जानकारी ट्राफिकलाई दिए । ट्राफिक सरलाई लिएर सो गाडी भएको ठाँउ सम्म पुग्दा, म सँगै आएका प्राय यात्रुहरु आफ्नो व्यवस्था गरेर हिडिसकेका थिए, कोही चाही ट्वालल परेर हेरेर बसेको थिए । अरु यात्रुहरु प्राय कसैले विरोध गरेनन् । यिनीहरु यस्तै हुन बोलेर केही हुदैन भन्ने पनि भयो होला ।
ट्राफिक सरले चालकलाई, बहिनालाई कहाँ जाने भनेर ल्याउनु भएको भनी सोध्नुभयो, चालकले उत्तरमा ल्याउन त साँगा नै लग्ने भनी ल्याएको तर गाडी बिग्रएको, इन्जीन खराब भएको, उकालोमा चढ्दैन भन्ने कुरा गरे ।
यस कुराले मलाई झनै रिस उठ्यो ।
मैले यो कुरालाई इन्कार गर्र्दै सहचालकसँग भएको कुरा बताए ।
सहचालकले झनै , यो दिदीलाई मात्र समस्या छ, तपाई भन्दा टाढा जाने पनि छन् । धुलिखेल जाने त खुरुखुरु गइ राखेका छन् भनी ट्रफिककै अगाडी मलाई कराए ।
ट्राफिले कुरा बुझेपछि उनीहरुलाई सम्झाउदै, अब यो बहिनीलाइ के व्यवस्था गर्नु हुन्छ, आफ्नै गाडीमा पुर्याइदिनुहुन्छ कि पठाओ बोलाउनुहुन्छ भनेर सोधे, चालकले पाठाओ बोलाउछु भने ।
पठाओको भाडा २३५ थियो, चालकले मलाई पैसा राख्नुस हामी जान्छम भनेर पैसा मेरो हातमा राखी आफु विदा हुन खोज्यो तर मैले म तपाईसँग हात थाप्दिन, पठाओलाई तपाई आफै दिनुस भने । अनि मैले गोङबु बसपार्क देखि सुर्यविनायक सम्म आएको गाडी भाडा दिए । ट्राफिक सरले मेरो र चालक दुवैको परिचय विवरण टिपी मलाई पठाओमा चढाएर विदा हुनुभयो र म सुरक्षित साँगा पुगे ।
आज म परे भोलीको दिनमा अरु कोही पर्लान, बुद्धबुद्धा पर्लान, यस्तो सम्स्या अरु कसैले भोग्न नपरोस भनी कामना गर्दछु । साथै सम्पूर्ण सम्बन्धित व्यक्तिहरुमा यस्ता किसिमका घटनाहरु नदोहोरिउन भनी अनुरोध गर्दछु । धन्यवाद
अन्त्यमा यस घटनामा सहयोग गर्नुहुने, आफ्नो कर्तव्य प्रति जिम्मेवार, ट्राफिक सर प्रति आभारी छु । तपाईहरु पनि कतै अन्यायमा पर्नुभएको छ भने आवाज उठाउन जरुरी छ । हामी २१ औ सताब्दीका सचेत नागरीक हौ । हामीले आफ्नो कर्तव्य पनि पुरा गर्नु पर्छ अनि अधिकारको पनि सहि उपयोग गर्नु पर्छ । आफुलाई परेको बेला मैले मैले आवाज उठाए र सफल पनि भए ।

15/12/2024

Open Flute Instrument Competition, Bhaktapur Festival 2081..
Yata:wo Daafa Bhajan, Jhaukhel..!!
Video: Saman Aganja

Address

Bhatgaon

Telephone

9843237070

Website

Alerts

Be the first to know and let us send you an email when ΒεдυтIfυL βhακταρυr posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to ΒεдυтIfυL βhακταρυr:

Share