Guff Gaff

Guff Gaff Media, Interview, News

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिकचितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको ...
08/01/2026

चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक

चितवन । चित्र म्युजिक ब्याण्डको पहिलो गीत ‘थरिथरि’ सार्वजनिक गरिएको छ । नारायणगढस्थित एडम्स लाउञ्ज एण्ड बारमा मंगलबार साँझ आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

गीतमार्फत नेपालका विभिन्न जातजाति, भाषा र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको बताइएको छ । नेपाल हिमाल, पहाड र तराई गरी विविध भूगोल तथा संस्कृतिले भरिपूर्ण देश भएको र ती छुट्टाछुट्टै पहिचानलाई ‘थरिथरि’ गीतको भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

गीतमा गायक सलिम एम एस एम को आवाज, प्रसन्न शाह को संगीत तथा गोविन्द थापा (हसलर) को र्‍याप समावेश रहेको छ । चितवनको संगीत क्षेत्रमा यी तीनै नाम परिचित रहे पनि पहिलोपटक ‘चित्र’ को ‘थरिथरि’ गीतमा उनीहरू एकसाथ सहकार्य गरेको गायक सलिम एम एस एम ले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘थरिथरि’ गीतको म्युजिक भिडियो चित्रको युट्युब च्यानलमार्फत पनि हेर्न सकिने छ । साथै, संगीतलाई माया गर्ने सम्पूर्ण दर्शक–श्रोतालाई गीतलाई मन पराई माया र थप हौसला प्रदान गर्न आग्रह गरिएको छ ।

गीत सार्वजनिक कार्यक्रममा चित्र म्युजिक ब्याण्डले आफ्ना प्रत्यक्ष प्रस्तुति समेत राख्दै उपस्थित दर्शक–श्रोतालाई मनोरञ्जन प्रदान गरेको थियो ।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानितपुर्ण बहादुर मगर । मंसिर २६चितवन । समाजका विभि...
13/12/2025

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
पुर्ण बहादुर मगर । मंसिर २६
चितवन । समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको चौथो बिशाल अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा कला, संस्कृति, उद्यम, सामाजिक अभियान तथा स्थानीय विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि विभिन्न विधामा सम्मान गरिएको हो।

अवार्ड समारोहमा राइजिङ मोडल विधाबाट नितेश चौधरी, राइजिङ सिंगर बाट उत्सव ढकाल, सोसियल आइकन अफ द इयर बाट अञ्जु कार्की, युवा उद्यमी वर्ष बाट प्रदिप शर्मा, युथ आइकन अफ द इयर बाट सुमिना चौधरी सम्मानित हुनुभयो। यस्तै, राप्ती रत्न अवार्ड राजेन्द्र प्रसाद सिलवाललाई, राप्ती हिरो अवार्ड वालकृष्ण थपलियालाई प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट महिला जनप्रतिनिधि विधाबाट ग्रेस तामाङ्ग र महिला उद्यमी वर्ष २०८२ बाट सिता गुरुङ्ग सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्दै वक्ताहरूले यस्ता अवार्डले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाउने विश्वास व्यक्त गरे।

अवार्ड वितरण भुमि समस्या समाधान आयोग चितवनका अध्यक्ष इमानसिं लामा, राप्ती नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त वली, वडा नं ५ का अध्यक्ष सिताराम वल, कार्यपालिका सदस्य कविता राई, नगरसभा सदस्य ममिता कुवर र सहदेव सेढाई, नगरस्तरीय मेलमिलाप केन्द्र समितिकी संयोजक दिलकुमारी थिङ्ग, विभिन्न वडाका वडा सचिव, लैङ्गिक अधिकारकर्मि उत्तम थापा,राप्ती प्याव्सनका अध्यक्ष दिपक सारु लगायतका विशिष्ट व्यक्तित्वहरूले गर्नुभएको थियो ।

हाम्रो राप्ती एफ.एम. र बिशाल न्युज को आयोजनामा, राप्ती नगरपालिका र हेटौडा उपमहानगरपालिका को प्रवद्र्धनमा सम्पन्न कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

31/10/2025

चित्त पनि दुख्यो, अप्ठ्यारो पनि भयो तर.. | Manisha Koirala |

31/10/2025

सच्चा नेपाली छोरी हुन्, मनिषा कोइराला। | Manisha Koirala |

31/10/2025

मलाई थाहा थियो मानिसहरूले विरोध गर्छन् भनेर। | Manisha Koirala |

31/10/2025

कति हाँस्नु कुरा सुन्दा पनि मज्जा आउने। | Niruta Singh | Dilip |

31/10/2025

एक अर्काको पोल खोल्दै रमाइलो। | Dilip Rayamajhi & Niruta Singh |

31/10/2025

मुग्लिन नारायणगढ सडक खण्डकाे तुईन खाेला पुल नजिकै सामान्य रूपमा झरेको स-साना ढुंगाहरू मेशिनकाे प्रयाेग गरि हटाउँदै..

30/10/2025

Highway Update: पानी परेपछि बाटो हिलो र चिप्लो हुँदा चितवन - बुटवल बाटोको दाउन्ने सडक One-way भएको छ ।

30/10/2025

चिन्नु हुन्छ ?

जेनजी आन्दोलनको बेला तोडफोड गरेर जलाइएको नेकपा एमालेको केन्द्रिय कार्यालयको पुननिर्माण गर्न विदेशमा रहेका नेपाली युवाहरू...
29/10/2025

जेनजी आन्दोलनको बेला तोडफोड गरेर जलाइएको नेकपा एमालेको केन्द्रिय कार्यालयको पुननिर्माण गर्न विदेशमा रहेका नेपाली युवाहरूले सहयोग गर्ने भएका छन् ।

नेपाली विद्यार्थीको ह*त्या आरोपमा जापानी युवति पक्राउ !जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी शहरको एक होटलमा मृत भेटिएका...
29/10/2025

नेपाली विद्यार्थीको ह*त्या आरोपमा जापानी युवति पक्राउ !
जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी शहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको ह*त्या भएको पुष्टि भएको छ। अक्टोबर ५ मा चक्कु प्रहार गरी उनको ह*त्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवति 'आसाका मामी'लाई प्रहरीले आज (अक्टोबर २८) मा पक्राउ गरेको चिबा टिभीमा प्रसारित समाचारमा उल्लेख छ।

Address

Bharatpur-10
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Guff Gaff posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share