Shorts NP

Shorts NP Various entertaining videos, including Nepali television Serial, Comedy Clips, News and movies, will be uploaded here.
(3)

Please support this space with your love and encouragement !

26/08/2026

रसुवा-भोटेकोशी बाढी : update१. मानवीय क्ष'ति:• हालसम्म ९ श'व फेला, सनाखत हुन बाँकी ।• धादिङमा त्रिशूलीमा बगेर आएका ६ श'व...
26/08/2026

रसुवा-भोटेकोशी बाढी : update
१. मानवीय क्ष'ति:
• हालसम्म ९ श'व फेला, सनाखत हुन बाँकी ।
• धादिङमा त्रिशूलीमा बगेर आएका ६ श'व फेला -गल्छीको महेश दोभानमा १ महिला, कोल्फुखोला पुलनजिक २ पुरुष, सिद्धलेक-७ मा १, बेनिघाट क्षेत्रमा २ महिला ।
• बाढीमा घाइते थप १३ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको ।
• त्रिवि शिक्षण अस्पताल तथा ट्रमा सेन्टरमा घाइतेको उपचार जारी, ट्रमा सेन्टरमा १ जनाको अवस्था गम्भीर ।

२. सम्पर्कविहीन विवरण:
• ७९ सुरक्षाकर्मी सम्पर्कविहीन - जसमा नेपाल प्रहरी २६, सशस्त्र प्रहरी ९ र नेपाली सेना ४४ जना ।
• पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार ३८४ पर्यटक/यात्रु सम्पर्कमा आउन बाँकी - २९१ विदेशी र ९३ नेपाली। बाढीमा बेपत्ता भएको पुष्टि होइन, प्रमाणीकरण जारी रहेको।
• लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन।
• नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन।

३. भौतिक तथा पूर्वाधार क्षति:
• ११ वटा हाईड्रोपावरमा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रणाली बाहिर।
• १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प। • रसुवादेखि मलखुसम्म २० वटाभन्दा बढी झोलुङ्गे र मोटरेबल पुल बगेको, जसमा धादिङबेसी जोड्ने पुल समेत।
• आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय बगेको।
• २५ भन्दा बढी दूरसञ्चार साइट प्रभावित - टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोट क्षेत्रमा NTC र Ncell का टावर/साइट तथा अप्टिकल फाइबर, चीनसँग जोडिने NTC को फाइबर लाइन समेत क्षतिग्रस्त।
• रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति।
• नुवाकोट विदुर न.पा.-६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन र नेपाल प्रहरी सुरक्षा एकाइको भवनमा क्षति, बाहिरी पर्खाल र गाडीमा क्षति - तर सबै ८०० कैदीबन्दी सुरक्षित।

४. वर्तमान जोखिम चेतावनी:
• लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको - चीनबाट प्राप्त सूचनालाई उद्धृत गर्दै गोरखापत्रले जनाएको। भोटेकोशी-त्रिशूली क्षेत्रमा थप बाढीको जोखिम बाँकी।

५. सरकारी कदम:
• प्रधानमन्त्रीज्युको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको।
• सबै सरकारी संयन्त्रलाई खोजी, उद्धार, राहत, स्वास्थ्य र सुरक्षा व्यवस्थापनमा परिचालन गरिएको - परराष्ट्रमन्त्रीज्युद्वारा संसदलाई जानकारी।
खोज-उद्धारलाई उच्च प्राथमिकतामा राखिएको।

६ जिल्ला विपद् संकटग्रस्त घोषणा

• बाढिबाट ११ वटा हाईड्रोपावरमा क्षती र ४३१ मेगावाट विजुली उत्पादन प्रणाली बाहिर
• बाढिबाट ९ जनाको मृत्यु भएको परराष्ट्रमन्त्रीले जानकारी दिएका।
•२९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक सम्पर्क विहिन
• आधा दर्जन भन्दा बढी बैंक तथा वित्तिय संस्थाका कार्यालय बगे।
• नेपाल प्रहरीका २६, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ४४ जना सम्पर्क विहिन।
• केन्द्रीय कारागारका सबै ८ सय कैदीबन्दी सुरक्षित, बाहिरी पर्खाल र गाडीमा क्षति
• रसुवा, धादिङ र नुवाकोटका ६ स्थानका बाढी पूर्वसूचना प्रणालीमा क्षति
• रसुवा बाढी: १९ पुल र ४० किमि सडक क्षतिग्रस्त, यातायात ठप्प
• ६ जिल्ला विपद् संकटग्रस्त घोषणा: उद्धारमा बिनाअनुमति ड्रोन प्रयोग गर्न पाइने
• लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन,
• नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी सम्पर्कविहीन
• रसुवादेखि मलखुसम्मका २० वटाभन्दा बढी झोलुङ्गे र moterable bridge बाढीले बगाएको छ, यसमा धादिङबेसी जोड्ने पुलदेखि अरू महत्त्वपूर्ण पुलहरू पनि परेका छन् ।

26/08/2026

यस्तो विषम परिस्थितिमा उद्धार कार्यमा सबैजना अगाडि बढ्नुहोला। राजनीतिक नगरिदिनुहोला 🙏

26/08/2026
26/08/2026

त्रिशूली र नारायणी नदीका साथै यस आसपासका खोला किनारमा निकै ठूलो बाढी आइरहेकाले नदी आसपासका बासिन्दाहरू तत्काल नदी किनार छोडी अग्लो र सुरक्षित स्थानमा सर्नुहोस्।

26/08/2026

गलबन्दीलाई गाउँले र करुणाले हेपेपछि...

25/08/2026

बिना गीतमा नाचेर देखाउन भन्दै भटभटे नाच्न थालेपछि

25/08/2026

अर्कालाई कुरा लगाउछस भन्दै

25/08/2026

खुइलीको भूपु एक्स आएपछि..... ?

25/08/2026

बुढीले धोका दिएपछि

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Shorts NP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share