Swatantra Dainik HD

Swatantra Dainik HD त्रिनेत्र मिडिया एण्ड इभेन्ट्स प्रा. लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो ।

शंखमुलको होस्टलमा छोराको मृत्युको खबरले विक्षिप्त आमाले पनि ज्यान गुमाइन्, एउटै परिवारमा दोहोरो बज्रपात! काठमाडौंको शंखम...
23/08/2026

शंखमुलको होस्टलमा छोराको मृत्युको खबरले विक्षिप्त आमाले पनि ज्यान गुमाइन्, एउटै परिवारमा दोहोरो बज्रपात! काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको आक्रमणमा २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको केही समयमै उनको परिवारमा अर्को ठूलो बज्रपात परेको छ। दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका वसन्तमाथि शुक्रबार बिहान होस्टलमै १८ वर्षीय शेखर यादव, २० वर्षीय प्रमित पटेललगायतको समूहले धारिलो हतियार तथा सरसामान प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याइए पनि चिकित्सकले सवा १२ बजेतिर मृत घोषणा गरेका थिए। काठमाडौंमा छोराको जघन्य आक्रमणमा मृत्यु भएको खबर दाङस्थित घरमा पुगेपछि स्तब्ध बनेकी उनकी आमाले पनि आफ्नै ज्यान लिएको बताइएको छ। एउटै घटनाको पीडा सहन नसक्दा परिवारका दुई सदस्यको ज्यान गएपछि घोराही–१७ स्थित गाउँ शोक र स्तब्धतामा डुबेको छ। घटनालगत्तै प्रहरीले होस्टलबाटै शेखर यादवसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो भने घटनापछि फरार रहेका मुख्य आरोपी प्रमित पटेललाई मकवानपुरको भैंसेबाट पक्राउ गरिएको छ। प्रहरीले मुख्य आरोपीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी अनुसन्धान अघि बढाएको छ भने आमाको मृत्युको घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भइरहेको सरकारी स्...
23/08/2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गर्ने तयारी भइरहेको सरकारी स्रोतले दाबी गरेको छ। स्रोतका अनुसार देउवालाई आइतबारसम्म पक्राउ गर्ने विषयमा सरकारभित्र छलफल भइरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमतिका आधारमा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विशेष अदालतको क्षेत्राधिकारमा पर्ने भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति निष्क्रिय भएको जनाएको थियो। यद्यपि नयाँ कानुनी प्रक्रियाअनुसार विशेष अदालतमार्फत पक्राउ पुर्जी जारी भए देउवालाई पक्राउ गर्न सकिने कानुनी सम्भावना रहेको बताइएको छ। करिब साढे पाँच महिना विदेशमा बसेपछि देउवा साउन २८ गते नेपाल फर्किएका थिए।

जरुरी सूचना: बाराको कलैया उपमहानगरपालिकाबाट २ वर्षीया बालिका बिन्दी मण्डल बेपत्ता भएकी छन्। कलैया निवासी मुकेश मण्डलकी अ...
23/08/2026

जरुरी सूचना: बाराको कलैया उपमहानगरपालिकाबाट २ वर्षीया बालिका बिन्दी मण्डल बेपत्ता भएकी छन्। कलैया निवासी मुकेश मण्डलकी अन्दाजी २ वर्षीया छोरी बिन्दी मण्डल हिजो साँझ ५ बजेदेखि सम्पर्कविहीन रहेकी परिवारले जनाएको छ। बालिका फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुका साथै +9779819243414, 9822260688 वा 9821196672 मा तत्काल सम्पर्क गरिदिनुहुन परिवारले हार्दिक अनुरोध गरेको छ। 🙏

ब्रेकिङ 😮: गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति, न्यायका लागि ७ दिनभित्र कानुन पुनरावलोकनदेखि गरिम...
22/08/2026

ब्रेकिङ 😮: गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच ३ बुँदे सहमति, न्यायका लागि ७ दिनभित्र कानुन पुनरावलोकनदेखि गरिमाको सालिक निर्माणसम्मको प्रतिबद्धता! जघन्य अपराधमा कसुर र सजायको व्यवस्था पुनरावलोकन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७ सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने, समितिले कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन ७ दिनभित्र पेस गर्ने सहमति भएको छ। पीडित परिवारको अपेक्षाअनुसार गरिमा चौधरीको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने तथा परिवारले आफ्नो रीतिरिवाज र संस्कारअनुसार अन्त्येष्टि गर्न पाउने विषयमा समेत सरकारसँग सहमति भएको छ।

ब्रेकिङ: गरिमाका आमा–बुबासँग गृह मन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी, न्याय र दोषीमाथि कडा कारबा...
22/08/2026

ब्रेकिङ: गरिमाका आमा–बुबासँग गृह मन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री सोविता गौतम पनि सहभागी, न्याय र दोषीमाथि कडा कारबाहीबारे गम्भीर वार्ता!

गरिमा चौधरीको जघन्य बलात्कारपछि हत्या घटनाले देश स्तब्ध, अर्जुन भुसालको कडा आक्रोश: ‘१०० रुपैयाँ जरिवानाको डरले मान्छे ह...
22/08/2026

गरिमा चौधरीको जघन्य बलात्कारपछि हत्या घटनाले देश स्तब्ध, अर्जुन भुसालको कडा आक्रोश: ‘१०० रुपैयाँ जरिवानाको डरले मान्छे हेल्मेट लगाउँछ र बिलबुक बोक्छ भने फाँसीको डरले बलात्कार किन नरोकिएला? एक–दुई जनालाई झुण्ड्याएर त हेर सरकार’—उनले यस्ता जघन्य अपराध रोक्न राज्यले कठोरतम् कानुनी कारबाही र प्रभावकारी न्याय प्रणाली सुनिश्चित गर्नुपर्ने बताएका छन्।

मन्त्री यादवको स्पष्ट घोषणा: ‘हेटौँडा कपडा उद्योगलाई अब परीक्षण उत्पादनमै सीमित नराखी नियमित सञ्चालनमा लैजान्छौँ, तत्काल...
22/08/2026

मन्त्री यादवको स्पष्ट घोषणा: ‘हेटौँडा कपडा उद्योगलाई अब परीक्षण उत्पादनमै सीमित नराखी नियमित सञ्चालनमा लैजान्छौँ, तत्काल अर्थ मन्त्रालयबाट थप बजेट माग्दैनौँ, आफ्नै स्रोतबाट उद्योग चलाउँछौँ।’

ब्रेकिङ: गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु, न्यायबारे निर्णायक छलफल हुँदै!
22/08/2026

ब्रेकिङ: गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङ र गरिमाका आमा–बुवाबीच वार्ता सुरु, न्यायबारे निर्णायक छलफल हुँदै!

गरिमाका आमा–बुवा न्यायको माग गर्दै गृह मन्त्रालयमा, गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीसहित सरकारसँग निर्णायक...
22/08/2026

गरिमाका आमा–बुवा न्यायको माग गर्दै गृह मन्त्रालयमा, गृहमन्त्री सुधन गुरुङ र कृषिमन्त्री गीता चौधरीसहित सरकारसँग निर्णायक छलफल—बारामा हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीका परिवारले दोषीमाथि कडा कारबाही गर्दै न्याय सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा प्रस्ट्याइँ: ‘सीमामा गरिएको कडाइ तस्करी रोक्न मात्रै होइन, नेपालतर्फ सुकेका बजारलाई चल...
22/08/2026

अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा प्रस्ट्याइँ: ‘सीमामा गरिएको कडाइ तस्करी रोक्न मात्रै होइन, नेपालतर्फ सुकेका बजारलाई चलायमान बनाउन हो—व्यापार फर्किएपछि नेपाली व्यवसायी उत्साहित छन्

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Swatantra Dainik HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share