I Love My Bhaktapur

I Love My Bhaktapur Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.

(2)

Our goal is to share facts and photos highlighting Bhaktapur's rich culture, vibrant festivals, and traditional Jatras.

Email for collaboration.

नाग पञ्चमी (Naag Panchami)हाम्रा धर्म ग्रन्थहरुमा नागको चर्चा निकै भएको पाइन्छ । धेरै नागलाई असल चरित्रमा चित्रण गरेको प...
17/08/2026

नाग पञ्चमी (Naag Panchami)
हाम्रा धर्म ग्रन्थहरुमा नागको चर्चा निकै भएको पाइन्छ । धेरै नागलाई असल चरित्रमा चित्रण गरेको पाइन्छ भने कुनै नागलाई खराब चरित्रमा चित्रण गरेको पाइन्छ । जस्तैकि: अनन्त नाग, पद्म नाग, कल्की नाग, शंख नाग, महादेवको गलामा रहने बासुकी नाग, यस संसारलाई आफ्नो शिरमा धारण गर्ने शेष नाग, नेपाल मण्डल दह अवस्थामा रहन्दा यहाँ बिराजमान हुनु भएका कर्कोतक नाग सबै असल चरित्रका हुन भने कालिया नागलाई पहिले खराब चरित्रको देखाएपनि पछि राम्रो चरित्रको देखाएको छ । नागले देव तथा मानवहरुलाई हरदम सहयोग गरेको कथाहरु हामीले सुन्न सक्छौ तसर्थ हाम्रो धर्म ग्रन्थमा नागलाई देवताको स्थान दिएको पाइन्छ । यी नागहरुले मानव कल्याणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
लेख: GR Ranjit
सल्लाह: Amrit Mishra

नाग बारे एक कथा
अभिमन्युको छोरा राजा परीक्षितको मृत्यु तक्षक नागको टोकाइबाट भएको थियो । रिसले परीक्षितको छोरा जनमेजयले यस धर्तीबाट नाग जाती मेटाउन नाग बिनाशक यज्ञ गरियो । जसले गर्दा संसारमा रहेको सर्पहरु यज्ञ कुण्डमा हवन हुन थाले । तक्षक नाग पनि उक्त यक्ष कुण्डमा हवन हुन लागेपछी ईन्द्रको सिंहासनमा बेरेर बस्न थाले । यज्ञको प्रभाव यति शक्तिशाली थियो कि तक्षक नागका साथ ईन्द्रको सिंहासन समेत तानिन थाले । तब बासुकी नागले नाग जातिका देवी मनसासंग मद्दत मागे । देवी मनसाले आफ्नो छोरा आस्तिकलाई उक्त यज्ञ रोक्न पठाए । आस्तिकले जनमेजयलाई लोकबाट नाग जाती लोप भएमा संसारको संहार हुने भनी सम्झाएपछी उक्त यज्ञ रोक्यो । यो देखेर बासुकी नागले आस्तिकले नागहरुको अस्तित्व बचाएको कारण आस्तिकको नाम उचारणले नागको डर नरहने बरदान दिए । यसदिन श्रावण शुक्ल पञ्चमीका दिने थिए । उक्त दिन देखि श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी मनाउन थाले ।

बैज्ञानिक तथ्य
बैज्ञानिक तथ्य अनुसार पनि इकोसिस्टममा नाग (सर्प) हरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सर्पले मुसा तथा कृन्तकको
आहार गर्ने भएकोले सर्पको लोप संगै मुसा तथा कृन्तकको संख्या बढ्न थाल्छ । जसले मानिसहरुको अन्न उत्पादन तथा भण्डारणमा ठूलो समस्या आउनेछ । त्यस्तै सर्प लोप भएको खण्डमा सर्प आहार गर्ने चराहरु जस्तै गरुड, बाज, उल्लु आदि चराहरुको संख्यामा असर पर्न गई ती चराहरुको संख्यामा गिरावट हुनेछ । यसरी यदि नाग नरहेको खण्डमा यो इकोसिस्टम नै बिग्रीन्छ । जसको असार मानिसमा पर्न जान्छ ।

सहकाल
भगवान करुणामय नेपालमा ल्याउनुको कारण पनि गुरु गोरखनाथ रिसाइ सबै नागहरुलाई आसन बनाएर ध्यान गरि बसेका कारण नेपालमा अनिकाल लागेकोले गुरु गोरखनाथलाई उक्त आसनबाट उठाउन उहाँका गुरुलाई यहाँ ल्याउनु पर्ने भयो । तसर्थ गुरु गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि गुरुको सम्मानमा उक्त आसनबाट उठेपछि सम्पूर्ण नाग स्वतन्त्र भयो र नेपालमा सहकाल सुरु भयो । यसरी कृषिप्रधान देशमा रोपाइँ महिनामा धान रोप्न पानी अत्यावश्यक हुन्छ । नाग (सर्प)का कारण पानी पर्ने भएकोले नागहरुको महिमा धेरै रहेकाले नाग पञ्चमीका दिन नागहरुको पूजा गर्ने गर्दछ ।
लेख: GR Ranjit
सल्लाह: Amrit Mishra
फोटो: I Love My Bhaktapur

11/08/2026

Gathamo Chare - Pay bhau

Bhajan Mandal Guess the place??
29/07/2026

Bhajan Mandal
Guess the place??

27/07/2026

ॐ नमः शिवाय 🙏

26/07/2026
26/07/2026
26/07/2026
26/07/2026

Address

Sydney, NSW

Alerts

Be the first to know and let us send you an email when I Love My Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to I Love My Bhaktapur:

Shortcuts

Featured

Share