Eps topik practise

Eps topik practise Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps topik practise, Yesan.

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जन्मभूमि मडेइराको भावुक सम्मान, सयौं ड्रोनले आकाशमा कोरिदिए ‘CR7’ ❤️🇵🇹पोर्चुगलका...
08/07/2026

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जन्मभूमि मडेइराको भावुक सम्मान, सयौं ड्रोनले आकाशमा कोरिदिए ‘CR7’ ❤️🇵🇹

पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जन्मभूमि मडेइराले आफ्ना महान् सन्तानप्रति विशेष सम्मान प्रकट गरेको छ।

सयौं ड्रोनले रातको आकाश उज्यालो बनाउँदै रोनाल्डोको अनुहार, “Obrigado 7” अर्थात धन्यवाद नम्बर ७ लेखिएको सन्देश र उनको चर्चित ‘Siuuu’ सेलिब्रेसनको दृश्य प्रस्तुत गरेका थिए।

यो केवल ड्रोन शो मात्र थिएन, बरु विश्वभर मडेइराको नाम चिनाउने आफ्नो महान् सन्तानप्रति सम्पूर्ण जन्मभूमिले व्यक्त गरेको सम्मान र कृतज्ञताको प्रतीक थियो।

क्रिस्टियानो रोनाल्डोले दुई दशकभन्दा बढी समयदेखि विश्व फुटबलमा आफ्नो असाधारण प्रदर्शनमार्फत मडेइरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्। यही योगदानको सम्मानस्वरूप आयोजना गरिएको यो दृश्यले विश्वभरका फुटबल समर्थकलाई भावुक बनाएको छ।

पोर्चुगल पराजित भएपछि दक्षिण कोरियामा रहेका नेपाली समर्थक निराश, राति ४ बजेदेखि खेल हेरेर बिहानै काममा हिँडे 😥🇰🇷फिफा विश...
06/07/2026

पोर्चुगल पराजित भएपछि दक्षिण कोरियामा रहेका नेपाली समर्थक निराश, राति ४ बजेदेखि खेल हेरेर बिहानै काममा हिँडे 😥🇰🇷

फिफा विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। कडा प्रतिस्पर्धात्मक खेलमा स्पेनले गरेको एकमात्र गोल नै निर्णायक बनेको हो।

यस खेलप्रति दक्षिण कोरियामा रहेका पोर्चुगल समर्थक नेपालीहरूमा पनि निकै उत्साह देखिएको थियो। कोरियाली समयअनुसार बिहान करिब ४ बजे सुरु भएको खेल हेर्न धेरै नेपाली समर्थक राति नै उठेका थिए। खेल सकिएलगत्तै उनीहरू काम गर्न सिधै आफ्नो कार्यस्थलतर्फ लाग्नुपरेको थियो।

तर पोर्चुगलको अप्रत्याशित पराजयसँगै समर्थकहरू निराश बनेका छन्। अपर्याप्त निद्रा र टोलीको हारका कारण धेरैले आजको दिन चुनौतीपूर्ण बनेको अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेका छन्।

विश्वकपको रोमाञ्चक प्रतिस्पर्धाले फुटबलप्रेमीहरूको समर्पण फेरि एकपटक देखाएको छ। आफ्नो प्रिय टोलीको समर्थनका लागि रातभरको निन्द्रा त्याग्ने समर्थकहरूका लागि आजको बिहान भने केही निराशाजनक रह्यो।

नर्वेसँग ब्राजिल पराजित, कोरियामा बिहानै उठेर खेल हेरेका ब्राजिल समर्थक स्तब्ध, भन्छन निन्द्रा पनि गयो, ब्राजिल पनि हार्...
06/07/2026

नर्वेसँग ब्राजिल पराजित, कोरियामा बिहानै उठेर खेल हेरेका ब्राजिल समर्थक स्तब्ध, भन्छन निन्द्रा पनि गयो, ब्राजिल पनि हार्यो 😥🇰🇷

२०२६ फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा नर्वेले ब्राजिललाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अन्तिम समयमा एर्लिङ हालान्डले दुई गोल गरेपछि पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको विश्वकप यात्रा अप्रत्याशित रूपमा टुंगिएको हो।

ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यससँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

यस खेलले दक्षिण कोरियामा रहेका हजारौं ब्राजिल समर्थकलाई पनि निराश बनाएको छ। खेल कोरियाली समयअनुसार बिहानै भएकाले धेरै समर्थकहरू बिहान ३ बजे नै उठेर खेल हेरेपछि सिधै काममा गएका छन।

तर आफ्नो प्रिय टोली अप्रत्याशित रूपमा पराजित भएपछि उनीहरू स्तब्ध बनेका छन्। सामाजिक सञ्जालमा पनि कोरियामा रहेका नेपाली ब्राजिल समर्थकहरूले निराशा व्यक्त गर्दै "निद्रा पनि गयो, ब्राजिल पनि हार्यो" भन्दै प्रतिक्रिया जनाइरहेका छन्।

HD हुन्डाई सिपबिल्डिङ कम्पनीले विदेशी श्रमिकलाई औसत ७० लाख वन बराबरको खाना खर्च फिर्ता गर्ने 😍🇰🇷दक्षिण कोरियाको HD हुन्ड...
05/07/2026

HD हुन्डाई सिपबिल्डिङ कम्पनीले विदेशी श्रमिकलाई औसत ७० लाख वन बराबरको खाना खर्च फिर्ता गर्ने 😍🇰🇷

दक्षिण कोरियाको HD हुन्डाई हेभी इन्डस्ट्रिजले आफ्ना विदेशी श्रमिकहरूको तलबबाट विगतमा कटौती गरिएको खाना खर्च फिर्ता गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार करिब १,६०० विदेशी श्रमिकले प्रतिव्यक्ति औसत ७० लाख वन फिर्ता पाउनेछन्।

कम्पनीले जुलाई ५ मा विदेशी श्रमिकहरूसँग प्रत्यक्ष संवाद गरी कार्यस्थलबाट प्राप्त सुझावका आधारमा नयाँ सुविधा प्याकेज तयार गरिएको जनाएको छ। यसअन्तर्गत सन् २०२३ जनवरीदेखि तलबबाट कटौती गरिएको तीन छाकको खाना खर्चलाई निःशुल्क सुविधा मानेर सो रकम फिर्ता गरिनेछ।

यो निर्णय कम्पनीले मे महिनाको अन्त्यदेखि लागू गरेको नयाँ तलब प्रणालीप्रति केही विदेशी श्रमिकले विरोध जनाएपछि आएको हो। नयाँ प्रणालीमा आधारभूत तलब र केही स्थायी भत्तामा कटौती गरिएको थियो भने महिनामा ३० घण्टा अतिरिक्त काम गर्ने सर्तमा करिब ४ लाख वनको निश्चित ओभरटाइम भत्ता थपिएको थियो। साथै, कार्यसम्पादनका आधारमा फरक फरक तलब दिने व्यवस्था र तीन छाक निःशुल्क खाना उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको थियो।

कम्पनीले ओभरटाइम भत्ता जोड्दा कुल आम्दानी पहिलेभन्दा बढ्ने दाबी गरे पनि आधारभूत तलब घट्नु र अतिरिक्त काम लगभग अनिवार्यजस्तै हुने व्यवस्थाप्रति केही विदेशी श्रमिकले असन्तुष्टि जनाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

त्यसपछि कम्पनीले विभिन्न देशका श्रमिकका लागि उनीहरूको भाषामा छुट्टाछुट्टै जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको थियो। श्रमिकहरूको सुझावलाई समेट्दै कम्पनीले सन् २०२३ जनवरीदेखि लागू हुने गरी खाना खर्च फिर्ता गर्ने निर्णय गरेको हो।

यसका साथै, कम्पनीले कार्यसम्पादन मूल्यांकनको नतिजा नहेरी सबै विदेशी श्रमिकलाई समान रूपमा प्रदर्शन बोनस (성과금) पनि उपलब्ध गराउने जनाएको छ। यसबाट श्रमिकको वास्तविक आम्दानी बढ्ने र जीवनयापनमा सहयोग पुग्ने कम्पनीको विश्वास छ।

HD हुन्डाई हेभी इन्डस्ट्रिजले कोरियाको जहाज निर्माण उद्योगमा विदेशी श्रमिकलाई दैनिक तीन छाक निःशुल्क खाना उपलब्ध गराउने पहिलो कम्पनी भएको दाबी गर्दै आगामी दिनमा पनि विदेशी श्रमिकको सेवा सुविधा सुधार गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।

17/06/2026

Notice from Embassy of Nepal Seoul.
Thanks for sharing.

अध्ययनका लागि कोरिया आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी:

कोरियका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययनका लागि आउनुहुने/आइपुग्नु भएका नेपाली विद्यार्थीहरू र सम्बन्धित सबैको सचेतनाका लागि यो जानकारी प्रकाशित गरिएको छ।

१. विद्यार्थीहरूले कोरिया आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै कोरिया आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ। कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक सञ्जालमा राखिएको विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ।

२. कोरियामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन्।पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, विश्वविद्यालयको समग्र Rank, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ।केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका कोरियमा रहनुहुने इष्टमित्र, साथीभाई, कोरियामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ।

३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। कोरिया पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ। कोरियमा आएको भोलीपल्टबाट नै काममा जाने र पैसा कमाउने मनसाय बोकेर आउने विद्यार्थीहरुले बेलाबेलामा अध्यागमनको फन्दामा परी पहिलो पटक नेपाली दुई लाख वा सो भन्दा बढि जरीवाना तिर्ने र दोस्रो पटक फन्दामा परेको खण्डमा नेपाल फर्कन बाध्य हुने गरेकाले यसमा सजग हुनुपर्दछ।

४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज/विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा, थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ। अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ।

५. नेपालमा 12 पास गर्ने वित्तकै कोरियामा अध्ययनका लागि आएका धेरै जसो विद्यार्थीहरु कोरियाका विश्वविद्यालयहरु मध्ये निकै न्यून Ranking प्राप्त विश्वविद्यालयहरुमा भर्ना हुने गरेको पाइएकोले कोरिया अध्ययनका लागि आउने सम्पूर्ण विद्यार्थीहरुले आफूले पढ्न चाहेको विश्वविद्यलयको Ranking, अन्य देशका विद्यार्थीहरु सो विश्वविद्यालयमा पढेका छन् या छैनन्, पढाइने Credit Hours लगायत विविध कुरामा ध्यान दिएर मात्र आउनुपर्दछ।

६. कार्यस्थलमा श्रम शोषण/दुर्व्यवहार/ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ। यहाँका सडकहरूमा अत्यन्त तीब्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ।ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।

७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज/युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, Society of Nepalese Students In Korea-SONSIK, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ कोरिया एवं आ-आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।

नेपाली राजदूतावास,
सउल
You can contact us for more information about study in Korea.

राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने सम्बन्धी सूचनानेपाली राजदूतावासले कोरियामा रहनुभएका सम्पूर्ण नेपाल...
17/06/2026

राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम हुने सम्बन्धी सूचना

नेपाली राजदूतावासले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको कार्यव्यस्ततालाई मध्यनजर गर्दै सहज, सरल र सेवाग्राहीमैत्री रूपमा सेवा प्रवाह गर्ने हेतुले विभिन्न समयमा विभिन्न स्थानहरूमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको व्यहोरा सर्वविदितै छ। सोही कार्यक्रमलाई निरन्तरता दिने क्रममा यही २८ जुन २०२६ (तदनुसार १४ असार २०८३) मा नेपाली राजदूतावासको आयोजनामा तथा सहयोगी नेपाली समाज दक्षिण कोरियाको सह-आयोजनामा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएकोले सम्बन्धित सबै सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

उक्त घुम्ती शिविरबाट राहदानी र कन्सुलर सेवा लिन प्रचलित कानूनले तोकेको शुल्क र Postage Charge (३०४० वन) बाहेक कुनै पनि थप शुल्क नलाग्ने बेहोरा जानकारी गराइन्छ। नवजात शिशुहरूको हकमा पहिले जन्मदर्ता प्रमाणपत्र जारी गरी राहदानी बनाउनु पर्ने र जन्मदर्ता सो स्थानबाट जारी गर्न नसकिने हुँदा निजहरूको हकमा जन्मदर्ता र राहदानी आवेदनका लागि अनलाइन फारम भरी दूतावासमा आई सेवा लिनुपर्नेछ।

राहदानीको राजस्व रकम Online माध्यमबाट बुझाउनुपर्ने छ, Cash लिइने छैन। अनलाइन फारम भरेपछि प्राप्त QR Code अनिवार्य रूपमा सम्पर्क व्यक्तिलाई पठाउनुपर्नेछ।

सेवा प्राप्त गर्नका लागि आवश्यक कागजातहरू:

* पुरानो राहदानी तथा सोको प्रतिलिपि १ थान (Front Page र Back Page दुबैको)
* नागरिकताको प्रतिलिपि १ थान (Front Page र Back Page दुबैको)
* सक्कल Residence Card
* Postal Charge का लागि ३०४० वन Cash दिनुपर्नेछ।

16/06/2026
दक्षिण कोरियामा न्यूनतम पारिश्रमिक १२ हजार वन पुर्‍याउन श्रमिक संगठनहरूको माग, होला त १६८० वन बृध्दि? 😮🇰🇷दक्षिण कोरियाका...
16/06/2026

दक्षिण कोरियामा न्यूनतम पारिश्रमिक १२ हजार वन पुर्‍याउन श्रमिक संगठनहरूको माग, होला त १६८० वन बृध्दि? 😮🇰🇷

दक्षिण कोरियाका प्रमुख श्रमिक संगठनहरूले सन् २०२७ का लागि न्यूनतम पारिश्रमिक (최저임금) प्रतिघण्टा १२ हजार वन निर्धारण गर्न माग गरेका छन्। यो रकम हाल लागू रहेको १०,३२० वनको तुलनामा १,६८० वन अर्थात् १६.३ प्रतिशत बढी हो।

कोरियन ट्रेड युनियन महासंघ, कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन्स तथा विभिन्न नागरिक समाज संगठनहरू सम्मिलित सबैका लागि न्यूनतम पारिश्रमिक अभियान मुख्यालयले जुन १५ मा सउलको ख्वाङ्ह्वामुनमा पत्रकार सम्मेलन गर्दै उक्त प्रस्ताव सार्वजनिक गरेको हो। श्रमिक पक्षले मासिक २०९ घण्टा कामको आधारमा न्यूनतम मासिक तलब २५ लाख ८ हजार वन हुनुपर्ने माग गरेको छ।

श्रमिक संगठनहरूका अनुसार पछिल्ला तीन वर्षमा न्यूनतम पारिश्रमिकको औसत वृद्धि दर २.३७ प्रतिशत मात्र रहेको छ, जुन सोही अवधिको औसत मुद्रास्फीति दर २.६६ प्रतिशतभन्दा कम हो। यसका कारण कम आय भएका श्रमिकहरूको वास्तविक क्रयशक्ति घटेको उनीहरूको दाबी छ। उनीहरूले कोरिया विकास अनुसन्धान संस्थान र कोरिया बैंकको तथ्यांकका आधारमा सन् २०२६, २०२७ को अनुमानित जीवनयापन खर्च गणना गर्दा मासिक २८ लाख ७१ हजार वन आवश्यक पर्ने बताएका छन्।

कोरियन ट्रेड युनियन महासंघका महासचिव र्यु गि सोपले न्यूनतम पारिश्रमिक अब केही श्रमिकहरूको मात्र मुद्दा नभई सम्पूर्ण जनजीवनसँग जोडिएको विषय भएको बताए। उनले सम्पत्ति र सेयर बजारको मूल्य बढ्दै जाँदा श्रमको मूल्य घट्दै गएको भन्दै न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्नु आर्थिक असमानता कम गर्ने प्रभावकारी उपाय हुने दाबी गरे। त्यस्तै, KCTU की उपाध्यक्ष ली मि सोनले न्यूनतम पारिश्रमिक वृद्धि श्रमिक मात्र नभई स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने उपाय भएको बताइन्।

न्यूनतम पारिश्रमिक आयोगले आगामी वर्षको पारिश्रमिक दर निर्धारण गरी यसै महिनाको अन्त्यसम्म रोजगार तथा श्रम मन्त्रालयमा सिफारिस गर्नुपर्नेछ। त्यसपछि श्रममन्त्रीले अगस्ट ५ भित्र अन्तिम दर घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ। आयोगको अर्को पूर्ण बैठक जुन १६ मा बस्ने तय भएको छ।

विदेशी श्रमिकको अधिकारका लागि मानवअधिकार लिडर छनोट गर्दै कोरिया, कोरियन भाषा ४ लेभल हुनेलाई प्राथमिकता दिइने 😮🇰🇷दक्षिण क...
16/06/2026

विदेशी श्रमिकको अधिकारका लागि मानवअधिकार लिडर छनोट गर्दै कोरिया, कोरियन भाषा ४ लेभल हुनेलाई प्राथमिकता दिइने 😮🇰🇷

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले कार्यस्थलमा हुने आधारभूत मानवअधिकार उल्लंघन रोक्न र विदेशी श्रमिकहरूको अधिकार संरक्षणलाई मजबुत बनाउन ‘विदेशी बासिन्दा मानवअधिकार लिडर’ (Foreign Resident Human Rights Leaders) कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मन्त्रालयका अनुसार कोरियामा बसोबास र काम गर्ने वातावरणबारे राम्रो बुझाइ भएका विदेशी नागरिकहरूलाई मानवअधिकार लिडरका रूपमा छनोट गरिनेछ। उनीहरूले कार्यस्थलमा हुन सक्ने मानवअधिकार उल्लंघनका घ`टनाहरू पहिचान गर्न, पीडितलाई कानुनी तथा प्रशासनिक उपचार प्रक्रियाबारे जानकारी दिन तथा आवश्यक सहयोग प्राप्त गर्न मद्दत गर्नेछन्।

छनोट भएका मानवअधिकार लिडरहरूले क्षेत्रीय श्रम कार्यालयहरूले आयोजना गर्ने नियमित बैठकहरूमा समेत सहभागिता जनाउनेछन्। उनीहरूले विदेशी श्रमिकहरूले भोगिरहेका समस्या, गुनासा र अनुभवहरू सम्बन्धित निकायसम्म पुर्‍याउने भूमिका निर्वाह गर्ने मन्त्रालयले जनाएको छ।

यस कार्यक्रमअन्तर्गत कागजात मूल्याङ्कन र अन्तर्वार्तामार्फत कुल ५० जनालाई छनोट गरिनेछ। छनोट भएका व्यक्तिहरूले आवश्यक तालिम प्राप्त गरेपछि जुलाईको मध्यदेखि औपचारिक रूपमा आफ्नो गतिविधि सुरु गर्नेछन्।

विदेशी बासिन्दासँग सम्बन्धित संस्थामा काम गरेको अनुभव भएका, त्यस्ता संस्थाबाट सिफारिसपत्र प्राप्त गरेका वा स्थानीय समुदायमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। साथै, TOPIK स्तर ४ वा सोभन्दा माथि अथवा सामाजिक एकीकरण कार्यक्रम (KIIP) स्तर ४ वा सोभन्दा माथि उत्तीर्ण गरेका आवेदकहरूलाई पनि विशेष प्राथमिकता प्रदान गरिने मन्त्रालयले जनाएको छ।

Address

Yesan

Website

Alerts

Be the first to know and let us send you an email when Eps topik practise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share