Eps topik practise

Eps topik practise Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps topik practise, Gaming Video Creator, Yesan.

Permanently closed.
30/12/2023

कसैको मृत्यु कसैको कमाउने अवसर मात्र हो।
एकजना दाईले ८५ वर्षिया आमालाई ठक्कर दिनु भो
अस्पताल लगेर उपचार गरेर सबै रिपोर्ट सामान्य र उक्त महिलाले सहि छु भनेसी निस्कियो।
त्यसको १, २ दिन पछि गाह्रो भनेर अस्पताल लगेछ अनि केहि दिन पछि मृत्यु नि भएछ।
दाई अहिले जेलमा
उपचार खर्च नि दिनु पय्रो अनि मृत्यु भएको भनेर ६ लाख पनि।
#तितोसत्य

सिपेले न्याय पायो हैन?अब agri का नि आउछन।अनि आन्दोलन हुन्छ।अनि फेरि २,४ लठ्ठि १, २ गोली।बैकुण्ठ बास भयो भनी छाप्छ पत्रीक...
29/12/2023

सिपेले न्याय पायो हैन?
अब agri का नि आउछन।
अनि आन्दोलन हुन्छ।
अनि फेरि २,४ लठ्ठि १, २ गोली।
बैकुण्ठ बास भयो भनी छाप्छ पत्रीकामा भोली।

29/12/2023

आजको घटणामा बोल्न साह्रै गाह्रो।
1. अब shipey पक्ष भएर बोलुम।
स्पष्ट रुपमा निकालेको छ सबै सुचनाहरु।

2. अर्को पक्ष लिउ।
मृतक छ जुन मानवताले मान्दैन।

29/12/2023

जसले उचाल्यो त्यो बाच्यो जो सोजो थियो उसले ज्यान गुमायो सारै दुख लाग्यो
आज को घटना ले सारै दुखि बनाएको छ आखिर किन यस्तो गरियो आफ्नो माग राख्नु त्यो सहि या गलत त्यो छुट्टै कुरा हो तर कसैको ज्यान लिने अनुमति कसले दियो ? ज्यान मार्ने अनुमति दिने सरकार दोषी छ एक युबा आफ्नो भबिस्य आफ्नै देश मा नदेखेर बिदेशीन खोज्यो त्यसमा लाज लागेन र उल्टै ज्यान लिएर राम्रो गरे भन्ने सोचे छौ होला थुक्क ...... र यहा अर्को गल्ति तिनी हरु को पनि छ जसले सोसल मिडिया मा भड्काउने र आफु ठाउ मा नपुग्ने आखिर त्यो ठाउ मा र रोड मा उत्रिनी भनेको सोजा साजा साथि हरु छन् भड्काउने हरु कहा गए यो भड्काउने पनि दोषी हो हामि सोजा साथि हरु कसैले सोसल मिडिया मा बोलेको कुरा सुनेर पछी पछी लाग्नु पनि ठिक देख्दिन आखिर के पायौ कसैको ज्यान लिएर नै छोड्यौ कति आन्दोलन भए कति धर्ना भए त्यसमा कसैको ज्यान नलिएको आज किन यस्तो भयो } यहाँ आफु घर बसी बसी सोसल मिडिया मा कराउने ठाउ मा नपुग्ने धेरै छन् उनीहरु को पछी नलागौ र सरकार विदेश जान को लागि आफ्नो ज्यान गुमाउन पर्ने देश के कालागि? अरु कुरा पछी गरौला मृतक लाइ न्याय दिओस “भबिष्य खोज्दा बर्तमान रहेन “

बाकि साथि हरु लाइ पनि बिन्ति छ आज नभए भोलि होला कोरिया नभए अन्तै जाउला तर कसैले उचालिदिन्छ यहाँ सोसल मिडिया मा तपाइँ उचालिएर ज्यान बाजी राखी केहि नगरौ कोरिया नै अन्तिम विकल्प हैन ||
Via:-
Angel Korean Bhasha

29/12/2023

आफु कोरिया पुगिगो।
अब eps बन्द भएनी बाल भएन।
अनि हेरौँला कुन देश जान्छु भनेर आन्दोलन गर्दा रहेछ।

29/12/2023

घटनाको सपुर्ण जिम्मेवार कोरियाको प्रकृय नबुझि फैसाल गर्ने सम्बन्धित अदालतको न्याधिसले लिनुपर्छ ।

पाच गल्ती
गल्ती नम्बर १.
एच आर डी कोरिया र इ पि एस शाखा ग्वार्खो ले शिप बिल्डिङ परिक्षामा सामेल हुने परिक्षार्थी ले ' २०२३ मा हुने अर्को परिक्षामा सामेल हुन पाइने छैन ' भन्ने पहिल्यै पुर्ण जानकारी गराइसकेको थियो । तर आन्दोलन गरे पछि जे पनि हुन्छ भन्ने खराब नेपाली मनोबिज्ञान छ । अझ मेहनत गरेर २/४ महिना कसैले कुर्न सकेनन् ।

गल्ती नम्बर २.
' कोरिया भाषा परिक्षामा उतिर्ण हुनु भनेको कोरिया जाने ग्यारेन्टी हैन ' भनेर फाराम देखि , प्रश्न पत्र हुँदै प्रबेश पत्र सम्म ठुला-ठुला अक्षर ले लेखिएको हुन्छ तर हामी असाध्यै एकोहोरो छौ । नियम , कानुन बालमतलब छैन आफुलाइ चाहिँ हुनै पर्यो ।

गल्ती नम्बर ३ .
इ पि एस सग सम्बन्धित बिषयको कुनै ज्ञान नै नभएको अदालतका श्रीमान हरुले जाडको तालमा झै ' निबेदक लाई परिक्षामा सामेल गराउनु ' भनेर आदेश दियो । अनेक-अनेक आन्दोलन गरेर दिक्क भैसकेका इ पि एस कार्यलयका कर्मचारी ले पनि 'यत्रै सित्ति' भनेर १८ जनालाइ फाराम भर्न बोलायो ।

गल्ती नम्बर ४.
कि हामी छैनौ कि इ पि एस छैन भन्दै आबेग नै आबेग मा आएका साथि हरुले मन्त्रीको गाडीमा आगजानी गरे । यति धेरै बितन्डा भए पछि राज्यको प्रहरी मुकदर्शक भएर बस्न मिल्दैन गोली ठोक्यो । ठाउका ठाउँ दुई जनाको सहादत भयो एकबारको जिन्दगी सकियो ।

गल्ती नम्बर ५.
यति ठूलो घटना घटे पछि सायद कोरियाले अब नेपाल बाट कामदार लैजान पक्कै बन्द गर्छ । कोरिया नियम र पद्धतिमा चल्ने देश हो । नेपाली नलगे पनि कोरियालाइ कुनै असर पर्दैन । तर साथिहरुले २/४ महिना कुर्न नसक्दा २ जनाको ज्यान गयो , प्रहरीका निर्मम लाठीले धेरैका गरिखाने करङ हरु भाचिए , कोरियामा भबिष्य देखेका लाखौ का सपना चकनाचुर हुँदै छन् । 'रिस खाइ आफू बुद्धि खाइ अरु' भन्ने बुढापाकाको भनाइ अब लागु हुने छ ।

29/12/2023

बिरोध र आन्दोलनसङ्ग सहि भएनी गलत छु भनेर eps ले भोग्नु पय्रो। म eps कार्यालयको दोष देख्दिन।
यदि यहि form पहिले जसरी भरेको भए?
के जायज के नाजायज?
के पहिले ship building मा भरे पछि पछि भर्न पाउदैन भनेर कुर्ने मान्छे छैन र?
के उनीहरुलाई चाहिँ न्याय भयो?

29/12/2023

सिस्टम विपरित आन्दोलन गर्न जानु पहिलो गल्ति,
भिड नियन्त्रण गर्न होस या अराजकता फैलाउन, गोली चलाउनु दोस्रो गल्ति ।
मृतक आत्माहरू प्रति हार्दिक श्रद्धान्जली 🙏

भ्रममा नपरौँ मिहेनत साथ पढौँ
25/07/2023

भ्रममा नपरौँ मिहेनत साथ पढौँ

गलत अर्थात फेक सुचना प्रति सजग रहने सम्बन्धमा ईपीएस शाखाको अत्यन्तै जरूरि सुचना ‼️🇰🇷

06/07/2023

सेप्टेम्बर देखी लागू हुने नियममा कम्पनी परिवर्तन र कमिटेड सम्बन्धी ‼️🇰🇷

१. कम्पनीले बिदेशी कामदार राख्न चाहेकोले 7-14 दिन कोरियन कामदारको लागी छुट्टाएको समय खारेज अबदेखी सिधै बिदेशी कामदारको आवेदन दिन सकिने।
२. पहिलो कम्पनिमा १ बर्ष काम गरेर कम्पनी परिवर्तन गरेको खण्डमा 4 बर्ष 10 महिना पूरा गरेको कामदार १ महिना पछि कोरिया पुनः कमिटेड कामदारको रुपमा प्रवेश गर्न पाउने ।
३. पहिलो कम्पनीमा १ बर्ष काम नगरेको 4 बर्ष 10 महिना काम गरेको कामदार पुन कमिटेड कामदारको रुपमा ६ महिना पछि मात्रै प्रवेश गर्न मिल्ने ।
४. कम्पनी परिवर्तन गरेमा जुन क्षेत्रमा आएको हो सोहो क्षेत्र भित्र मात्रै परिवर्तन गर्न सकिने ।
५. पहिलो कम्पनिमा 2 बर्ष भन्दा बढी काम गरेको कामदारलाई पुनः प्रवेशको झझट नगराउने लगातार बस्ने ब्यबस्था आउदै ।

दोश्रो चरणको नतिजा प्रकाशित बारेरोजगार अनुमती प्रणाली ईपीएस अन्तर्गत कृषि तथा पशुपालन छेत्र तर्फको दोश्रो चरणको अन्तिम न...
30/05/2023

दोश्रो चरणको नतिजा प्रकाशित बारे

रोजगार अनुमती प्रणाली ईपीएस अन्तर्गत कृषि तथा पशुपालन छेत्र तर्फको दोश्रो चरणको अन्तिम नतिजा असार २९ गते July 14 तारिख शुक्रबार प्रकाशित हुने HRD कोरिया बाट प्राप्त भएको ब्यहोरा सम्बन्धित सबैको जानकारी गराउदछौ। रोजगार आवेदन फाराम भर्नका लागि स्वास्थ्य परीक्षणको तालिका अन्तिम नतिजा प्रकाशन भएपछि ईपिएस कार्यालयबाट जानकारी गराईनेछ।

Address

Yesan

Website

Alerts

Be the first to know and let us send you an email when Eps topik practise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share