Troll Japan

Troll Japan Entertainment

जापानलाइ ठोक्छु भन्छत 😀जापानले आफ्नो रक्षा क्षमता तीव्र रूपमा विस्तार गरेपछि उत्तर कोरियाले कडा आपत्ति जनाउँदै थप सैन्य ...
05/08/2026

जापानलाइ ठोक्छु भन्छत 😀

जापानले आफ्नो रक्षा क्षमता तीव्र रूपमा विस्तार गरेपछि उत्तर कोरियाले कडा आपत्ति जनाउँदै थप सैन्य कदम चाल्ने चेतावनी दिएको छ।
मुख्य विवरणहरू:
उत्तर कोरियाको चेतावनी: किम जोङ उनकी बहिनी किम यो जोङले जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीति छाडेर पुनः "युद्ध गर्न सक्ने राष्ट्र" बन्न खोजेको र यो प्योङयाङका लागि प्रत्यक्ष चुनौती भएको बताएकी छन्।
जापानको सैन्य विस्तार: जापानले रक्षा बजेट (६२ अर्ब अमेरिकी डलरभन्दा बढी) बढाउँदै लामो दूरीका टोमहाक मिसाइल परीक्षण, टापुहरूमा मिसाइल तैनाथी र अमेरिकासँग सैन्य सहकार्य तीव्र पारेको छ।
सुरक्षा प्रतिवेदनको असर: जापानले चीन, रुस र उत्तर कोरियाबाट बढ्दो खतरा देखाउँदै नयाँ सुरक्षा नीति ल्याएपछि उत्तर कोरियाको यो प्रतिक्रिया आएको हो।
आशंका: दुवै देशबीच बढ्दो तनावका कारण पूर्वी एसियाको सुरक्षा र स्थायित्व थप संवेदनशील बन्ने विश्लेषकहरूको भनाइ छ।

धेरै नेपालीलाई मनपर्ने त्यो कुनाको सिटजापानमा दिनभरि काम र जिम्मेवारीले थाकेको शरीर बोकेर घर फर्किने धेरै नेपालीका लागि ...
05/08/2026

धेरै नेपालीलाई मनपर्ने त्यो कुनाको सिट

जापानमा दिनभरि काम र जिम्मेवारीले थाकेको शरीर बोकेर घर फर्किने धेरै नेपालीका लागि रेलको कुनाको सिट विशेष हुन्छ। रातभरको अनिद्रा र दिनभरको दौडधुपपछि त्यही सिटमा केही क्षण आँखा चिम्लिँदा आमाको काखमा टाउको राखेर आराम गरेजस्तो अनुभूति हुन्छ। केही मिनेटको त्यो विश्रामले फेरि नयाँ ऊर्जा दिन्छ। परदेशको कठोर जीवनमा रेलको त्यो कुनाको सिट धेरै नेपालीका लागि सानो भए पनि अमूल्य आश्रय बनेको छ।

जापान सरकारले SSW-2 भिसा हुनेहरुका लागि ५ वर्षको अवधि थप्न मिल्ने योजना सार्वजनिक गरेको छ। हाल यो भिसामा ६ महिना, १ वर्ष...
05/08/2026

जापान सरकारले SSW-2 भिसा हुनेहरुका लागि ५ वर्षको अवधि थप्न मिल्ने योजना सार्वजनिक गरेको छ। हाल यो भिसामा ६ महिना, १ वर्ष, २ वर्ष वा ३ वर्षको अवधि मात्र दिईएको थियो। प्रस्ताव लागू भएमा २०२७ जनवरीदेखि ५ वर्षको अवधि पनि दिन सकिनेछ।

यसले भविष्यमा Permanent Residence (PR) आवेदन गर्न चाहने धेरै विदेशी कामदारलाई सहज बनाउन सक्छ।

५ वर्षको अवधि सबैले स्वतः पाउने भने होइन। कामको स्थिरता, रोजगारको निरन्तरता, कर तिरेको अवस्था तथा अन्य आवश्यक शर्तहरू पूरा गरेको आधारमा निर्णय गरिनेछ।

अहिले प्रस्ताव मात्र हो। सार्वजनिक राय बुझेपछि अन्तिम निर्णय हुनेछ।
news source → plz check 1st cmt

जापानीज अन्टी पट्याएर घरज्वाँई बस्न चाहनेहरुलाई दुखको खबरजापानमा जापानी नागरिकका विदेशी जीवनसाथीका लागि स्थायी बसोबास (P...
05/08/2026

जापानीज अन्टी पट्याएर घरज्वाँई बस्न चाहनेहरुलाई दुखको खबर

जापानमा जापानी नागरिकका विदेशी जीवनसाथीका लागि स्थायी बसोबास (Permanent Residency) सम्बन्धी नियम कडा बनाउने तयारी गरिएको छ।जापानीज नागरीकसँग बिहे गरी जापानमा बस्न चाहने विदेशीहरुका लागी नियम कडा गर्न लागीएको हो।
नयाँ प्रस्तावअनुसार आर्थिक अवस्था जापानी परिवारको औसत स्तर बराबर वा सोभन्दा माथि हुनुपर्ने, सामाजिक सुरक्षा सहायता लिने अवस्थाको समीक्षा गरिने तथा पेन्सन योगदानसमेत मूल्याङ्कन गरिनेछ। साथै, विवाह अवधि र जापानमा बसोबासको न्यूनतम समयसमेत बढाउने योजना छ।
सरकारले सार्वजनिक सुझाव संकलनपछि यस वर्षदेखि चरणबद्ध रूपमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको जनाएको छ।

जापानको चिकुवा (ちくわ) निन्किना ताबेमोनोजापानको लोकप्रिय परिकार ‘चिकुवा’ माछाको पेस्ट (सुरिमी) बाट तयार गरिने परम्परागत खा...
05/08/2026

जापानको चिकुवा (ちくわ) निन्किना ताबेमोनो

जापानको लोकप्रिय परिकार ‘चिकुवा’ माछाको पेस्ट (सुरिमी) बाट तयार गरिने परम्परागत खाद्य पदार्थ हो। बीचमा प्वाल भएको यसको विशेष आकारले सजिलै चिनिन्छ। प्रोटिनयुक्त मानिने चिकुवा ओदेन, सूप, सलाद र बेन्तोमा व्यापक रूपमा प्रयोग गरिन्छ। स्वादिलो, पौष्टिक र सहज उपलब्ध भएकाले जापानभर यो लोकप्रिय मानीन्छ।

जापानमा नेपाली युवाले ठगी हुनबाट वृद्धलाई जोगाए, सम्मानपत्र प्रदानजापानको शिजुओका प्रिफेक्चरस्थित याइजु सहरमा रहेको एक क...
05/08/2026

जापानमा नेपाली युवाले ठगी हुनबाट वृद्धलाई जोगाए, सम्मानपत्र प्रदान
जापानको शिजुओका प्रिफेक्चरस्थित याइजु सहरमा रहेको एक कोम्बिनीमा कार्यरत ३९ वर्षीय शेर बहादुर परियार नेपाली नागरिकले सतर्कता अपनाउँदै एक वृद्ध ग्राहकलाई प्रिपेड कार्ड ठगीबाट जोगाएका छन।
कम्प्युटर बिग्रिएको भन्दै ठूलो रकमको कार्ड किन्न हतारिएका ग्राहकको व्यवहार शंकास्पद देखेपछि उनले थप सोधपुछ गरे। ग्राहकलाई फोनमार्फत ठगले कार्ड किन्न निर्देशन गरीरहेको थाहा पाएपछि उनले तत्काल प्रहरीलाई खबर गरे। समयमै गरिएको हस्तक्षेपले आर्थिक क्षति हुनबाट बच्यो। घटनापछि उनको जिम्मेवारीबोध र सूक्ष्म अवलोकनको प्रशंसा गर्दै सम्बन्धित अधिकारीहरूले सम्मानपत्र प्रदान गरेका छन।

जापानमा बसोबास गर्ने नेपाली समुदायमाझ निकै लोकप्रिय रहेको म्याकडोनाल्ड्सको 'सुपाचिकी' (स्पाइसी चिकेन बर्गर) को बिक्री पू...
05/08/2026

जापानमा बसोबास गर्ने नेपाली समुदायमाझ निकै लोकप्रिय रहेको म्याकडोनाल्ड्सको 'सुपाचिकी' (स्पाइसी चिकेन बर्गर) को बिक्री पूर्ण रूपमा बन्द भएको छ।

बिक्री बन्दको कारण: म्याकडोनाल्ड्स जापानले आफ्नो नियमित मेनु परिमार्जन (Menu Reform) गर्ने क्रममा यो बर्गरको बिक्री बन्द गरेको हो।
नेपालीहरू माझ लोकप्रिय हुनुको कारण: सुलभ मूल्य (२०० येन आसपास) र नेपाली स्वादसँग मिल्दो पिरो सस (Spicy Sauce) का कारण विद्यार्थी तथा कामदार नेपालीहरूको यो पहिलो रोजाइ बनेको थियो।

हालको विकल्प: सुपाचिकीको सट्टामा कम्पनीले 'म्याकचिकेन' (McChicken) मेनुमा ल्याएको छ, तर यसमा पुरानो पिरो ससको स्वाद भने पाइँदैन।

टोकियोको कुहिरो र ओझेल परेको सत्य2021 सपनाहरूको भारी बोकेर काठमाडौँबाट टोकियो ओर्लिँदा सपना (काल्पनिक नाम) मात्र 21 वर्ष...
04/08/2026

टोकियोको कुहिरो र ओझेल परेको सत्य

2021 सपनाहरूको भारी बोकेर काठमाडौँबाट टोकियो ओर्लिँदा सपना (काल्पनिक नाम) मात्र 21 वर्षकी थिइन्। भाषा स्कुलको कडा पढाइ, दिनहुँको ५–६ घण्टाको 'अरुबाइतो' (काम), अनि टोकियोको अचाक्ली चिसो—सुरुका दिनहरू उनका लागि पटक्कै सजिला थिएनन्।
त्यस्तै सङ्घर्षका दिनहरूमा उनको भेट प्रविणसँग भयो। प्रविण जापान आएको चार वर्ष बढी भइसकेको थियो र उनी ‘वर्किङ भिसा’मा एउटा कम्पनीमा काम गर्थे। अनुभवले खारिएका प्रविणले सपनालाई काम खोज्न, टोकियोको रेलमार्ग बुझ्न र नयाँ वातावरणमा ढल्न निकै सहयोग गरे। बिस्तारै-बिस्तारै सपनाको एक्लोपनमा प्रविणको उपस्थिति एउटा बलियो सहारा बन्यो।
सहयोगबाट सुरु भएको सम्बन्ध मायामा बदलिन समय लागेन। टोकियोको महँगो कोठाभाडा बचाउन र एक-अर्काको साथ पाइने लोभमा दुवैले ६ महिनाअघि ‘लिभिङ टुगेदर’मा बस्ने निर्णय गरे।
छ महिनासम्म उनीहरूको जीवन निकै सुन्दर चल्यो। अरुबाइतोबाट थाकेर फर्किंदा ढोकामा एक-अर्काको मुस्कान भेटिनु, सँगै नेपाली दाल-भात पकाएर खानु, र बिदाको दिन सिन्जुकु वा उएनो पार्क घुम्न जानु—सपनालाई लाग्थ्यो, उनी संसारकै सबैभन्दा भाग्यमानी केटी हुन्। प्रविणले सधैँ सपनाको ख्याल राख्थे, बिरामी हुँदा औषधि ल्याइदिन्थे, र उनीहरूबिच प्रेम गहिरो बन्दै गएको थियो।
तर, हरेक सुन्दर कथाको पछाडि कुनै न कुनै रहस्य लुकेको हुँदो रहेछ।
बिस्तारै सपनाले प्रविणका केही बानीहरू फरक पाउन थालिन्। प्रविण प्रायः राति ढिलो फोन आउँदा बार्कोनी वा बाथरुममा गएर सानो स्वरमा कुरा गर्थे। नेपालबाट फोन आउँदा उनी सपनालाई अलि टाढा बस्न सङ्केत गर्थे। सोध्दा सधैँ "आमा-बुबासँग गफ गरेको" भन्ने एउटै उत्तर आउँथ्यो। सपनाले पनि प्रविणलाई पूर्ण विश्वास गरेकी हुनाले कहिल्यै शङ्का गरिनन्।
एक आइतबारको साँझ, प्रविण नुहाउन बाथरुम छिरेका थिए। टेबलमा राखिएको उनको फोनमा भाइबरको निरन्तर नोटिफिकेसन बज्न थाल्यो। सपनाले फोन उठाइन्। स्क्रिनमा एउटा मेसेज झल्कियो—

"हजुर, बाबुले बा बा खोई भनेर सोधिरहेछ। आज राति भिडियो कल गर्नुहुन्छ कि नाइँ? अस्ति पठाएको खर्चले महिना पुगेन..."

सपनाको हात थरथर काप्न थाल्यो। उनले भाइबरको च्याट बक्स खोलिन्। त्यहाँ प्रविण, एक युवती र एउटा ४ वर्षको जस्तो बच्चाको पारिवारिक तस्बिर थियो। च्याट हिस्ट्रीमा दिनहुँ हुने मायालु संवाद र घरखर्चका कुराहरू प्रस्ट थिए।
प्रविण पहिले नै विवाहित मात्र थिएनन्, उनका त एक ४ वर्षका छोरा पनि रहेछन्। नेपालमा श्रीमती र बच्चा छाडेर उनी जापानमा सपनासँग ‘लिभिङ टुगेदर’मा बसिरहेका थिए।
प्रविण बाथरुमबाट निस्कँदा सपनाका आँखामा आँसु र हातमा फोन थियो। प्रविणको अनुहारको रङ्ग एकाएक उड्यो।
"यो के हो प्रविण?" सपनाको स्वर काँपिरहेको थियो।
सुरुमा प्रविणले टार्न खोजे, तर सत्य छिपिसकेको थिएन। अन्ततः उनले स्वीकार गरे— "सपना, म नेपालमा परिवारको दबाबमा परेर अलि सानैमा बिहे गर्न बाध्य भएको थिएँ। उनीसँग मेरो मनको सम्बन्ध कहिल्यै भएन। म तिमीलाई साँच्चै माया गर्छु, म उसलाई डिभोर्स दिने सोचमा छु..."
तर, ती शब्दहरूमा अब कुनै सत्यता थिएन। सपनालाई महसुस भयो— जसलाई उनले आफ्नो सर्वस्व मानेकी थिइन्, उसले त आफ्नो एक्लोपन र आवश्यकता पूरा गर्न मात्र उनलाई प्रयोग गरिरहेको रहेछ। अर्की एउटी नारी र अबोध बच्चाको अधिकार खोसेर बनाइने भविष्य कहिल्यै दिगो हुन सक्दैन भन्ने कुरा उनले बुझिन्।
सपनाले धेरै झगडा गरिनन्, न त चिच्याइन्। उनले आफ्ना कपडा र किताबहरू एउटा सुटकेसमा पोको पारिन्।
प्रविणले रोक्ने धेरै प्रयास गरे, "सपना, यति राति कहाँ जान्छ्यौ? मलाई एकपटक सम्झाउने मौका देऊ।"
सपनाले सुटकेस समात्दै प्रविणलाई हेरिन् र शान्त स्वरमा भनिन्— "जापान आउनु मेरो सपना थियो, तर कसैको घर बिगारेर कसैको ओछ्यान भर्नु मेरो संस्कार होइन। तिमीले मलाई मात्र होइन, नेपालमा तिम्रो बाटो हेरेर बसेकी तिम्री श्रीमती र बच्चालाई पनि धोका दिएका छौ।"
त्यो चिसो रातमा, सपनाले प्रविणको कोठा सधैँका लागि छाडिदिइन्।
सुरुका केही हप्ता सपनाका लागि निकै पीडादायी रहे। उनी आफ्नै एकजना कलेजकी साथीको कोठामा सरिन्। तर समयसँगै, उनले त्यो धोकालाई आफ्नो कमजोरी होइन, शक्ति बनाइन्। उनले आफ्नो सम्पूर्ण ध्यान पढाइ र अरुबाइतोमा लगाइन्।
आज सपना टोकियोको एउटा राम्रो कम्पनीमा काम गर्छिन्। उनलाई थाहा छ— सम्बन्धहरू छुट्न सक्छन्, तर मान्छेले आफ्नो आत्मसम्मान र स्वाभिमान कहिल्यै गुमाउनु हुँदैन। टोकियोको त्यो चिसो रातले उनलाई जीवनको सबैभन्दा ठूलो पाठ सिकाएर गएको थियो।

४० कटेसी रमाउलानेपालमा यो गर्दा नि भएनी त्यो गर्दा नि भएन। केही नभएपछि ३० कटेसी जापान आयो।निहोंगो गाक्कोउ.सेनमोन गाक्कोउ...
04/08/2026

४० कटेसी रमाउला

नेपालमा यो गर्दा नि भएनी त्यो गर्दा नि भएन। केही नभएपछि ३० कटेसी जापान आयो।निहोंगो गाक्कोउ.सेनमोन गाक्कोउ,दाईगाकु चार्दाचार्दै ३८ वर्षमा स्युसोकु भयो।बिहे गर्दा ३९ वर्ष हुनेभयो।
सुन साइलि सुन साइलि ४० कटीसी रमाउला॥

जापान,कुमामोतो- पसलको नियमले २२ वर्षीय जापानीज युवतीले अकालमै गुमाउनुपर्यो ज्यानजापानको कुमामोतोस्थित एओन मलमा भएको विस्...
04/08/2026

जापान,कुमामोतो- पसलको नियमले २२ वर्षीय जापानीज युवतीले अकालमै गुमाउनुपर्यो ज्यान
जापानको कुमामोतोस्थित एओन मलमा भएको विस्फोटपछि २२ वर्षीया कर्मचारीको मृ*त्युले देशभर चर्चा पाएको छ। प्रारम्भिक जानकारीअनुसार उनी सुरक्षित रूपमा बाहिर निस्किएपनि काउन्टरको बिक्री रकम सेफमा राख्न पुनः भवनभित्र पठाइयो।त्यसलगत्तै भएको विस्फोटमा उनको ज्यान गएको बताइएको छ। घटनापछि जापानमा कार्यस्थल सुरक्षा, कम्पनीको जिम्मेवारी र कर्मचारीलाई दिइने निर्देशनबारे बहस चर्किएको छ। प्रहरीले ग्यास वि*स्फोटको कारण र पुनः भवनभित्र पठाउने निर्णयबीच सम्बन्ध रहेको वा नरहेको विषयमा अनुसन्धान गरिरहेको छ। आधिकारिक निष्कर्ष आउन बाँकी छ।

住所

Sinjuku
Shinjuku-ku, Tokyo
169-0073

ウェブサイト

アラート

Troll Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー