26/01/2026
सर्वप्रथम त मेरा सम्पूर्ण सामाजिक सञ्जाल फेसबुकमा रहनुभएका तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा मसँग गाँसिनु भएका प्रिय साथीभाइ इष्टमित्र परिवार आफन्तजन तथा चिर अपरिचित साथीहरुमा नमस्कार गर्न चाहन्छु।हुन त म कुनै राजनीतिक विश्लेषक पनि होइन तथा कुनै दलमा आबद्ध व्यक्ति पनि होइन तर पनि देश एउटा कठिन मोडमा तड्पिरहँदा देशले एउटा सहयोग साथ विकासको निकास खोजिरहँदा म एउटा देशको सच्चा युवा नागरिक भएको नाताले नबोली बस्न सकिन। सर्वप्रथम त जो यो देशको लागि जनयुद्धदेखि लिएर हरेक विभिन्न आन्दोलनमा निस्वार्थ भावनामा आफ्नो ज्यान बलिदान दिएर देशका लागि सहिद हुनुभयो उहाँहरूप्रति उच्च सम्मान तथा परिवारप्रति सहानुभूति प्रकट गर्न चाहन्छु तथा घाइते परिवारप्रति पनि शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु। हुन त हिजोको दिनमा के भयो कसो भयो भन्दा पनि अबका दिनहरूमा कसरी अगाडि बढ्दा देश उन्नत विकास हुन्छ भन्ने कुराले विशेष महत्व राख्दछ। र अहिलेको चुनावी माहोलमा देशले खोजेको भनेको एउटा मुख्य पात्र जसले सिङ्गो देशको नेतृत्व गर्न सकोस् र एउटा सिस्टममा बसी अरुलाई पनि सिस्टममा राख्न सकोस्। हिजोको दिनहरूमा मैले थाहा पाउँदा कतिऔ पटक चुनावहरू भए कतिऔँ पटक मन्त्री फेरिए तर उनीहरूको सिस्टमले देश अगाडि भन्दा पनि पछाडितिर धकलिँदै अगाडि बढ्यो, जहाँ प्रत्येक दिन हजारौँ युवाहरू विदेश पलायन हुन बाध्य भए, एउटा योग्य मान्छेले जागिर खोज्नको लागि सोर्स फोर्स लगाउनुपर्ने भयो, अपराधीहरू दिन दहाडे खुलियाम भएर हिँड्न थाले, निर्दोष व्यक्तिलाई अनेकौं बहानामा जेल चलान गर्न थालियो, न्याय खोज्न गएको मान्छे न्याय खोज्दा खोज्दै जीवन बित्यो न्याय पाएन, जहाँ ज्यानको सुरक्षा कतै पनि भएन, व्यवसाय गर्छु भनेर हिँडेका युवाहरूलाई केही आँट आएन लगानीको कुनै सुरक्षा भएन, केही भएका उब्जाउ खेतबारीहरू पनि बाजो बन्दै गयो, गाउँ ठाउँ रित्तै मात्र रहेन रहे त केवल ती बुढा भएका बुवाआमाहरु मात्र अनि कसरी बन्छ त देश, फेरिए त केवल ती नेताहरूको घरपरिवार ,इष्टमित्र,गाडी विदेशी बैंकमा पैसा तथा विदेशी भूमिमा लगानी अनि मोजमस्ती, आज ती अवैध धनहरूको संरक्षणका लागि आफू पावरमा बस्ने पद्धति रहिआएको छ,ताकि कसैले सजिलै उसको अनुसन्धान तथा पर्दाफास गर्न नसकोस्। त्यो कुरा तपाईँ हामीलाई अवगत नै भएको कुरा हो। हिजोको दिनमा जो-जसले जिते पनि विकासका क्रमहरू हुँदै नभएका भने होइनन् तर देशले एउटा गतिलो सिस्टम नपाउँदा हरेक कुरामा देश छरपस्थ लथालिङ्ग भयो। हामीहरूले यो पार्टीले गर्छ त्यो पार्टीले गर्छ भन्दा पनि आफूले कसलाई छान्दा देशको सच्चा नागरिक लिडर पाउन सकिन्छ त भन्ने कुराले विशेष महत्व राख्दछ र अहिले जति पनि पुराना दलहरु हुनुहुन्छ उहाँहरूको पद्धति भनेको नमरुन्जेलसम्म देशको नेतृत्व मैले नै गर्नुपर्छ नयाँ पुस्तालाई अवसर दिनु हुँदैन भन्ने सोचाइले देशलाई अगाडि भन्दा नि पछाडितिर धकलिरहेको देखिन्छ र एक आपसमा आफ्नै पार्टीमा द्वन्द भइरहेको देखिन्छ l जबसम्म यो पद्धति मनबाट हट्दैन तबसम्म देशले नयाँ निकास पाउँछ भन्ने नसोच्दा पनि हुन्छ l जे जति गर्नुभयो त्यसको लागि धन्यवाद दिँदै आफू अभिभावकत्व बनेर नयाँ सोच विचार भिजन भएको व्यक्तिलाई आफूले अर्ती बुद्धि उपदेश दिएर अगाडि बढाउँदा आफ्नो भलो तथा देशको पनि भलो हुन्छ भन्ने मलाई लाग्दछl
यतिबेला नयाँ युवाहरू नयाँ पुस्ता नयाँ सोच नयाँ विचार लिएर अगाडि बढेको अवस्था छ। जहाँ हरेक क्षेत्र तप्काका अनुभवी अब्बल व्यक्तित्वहरु हुनुहुन्छ। जसबाट देशले छिटै नै निकास पाउने आशा ,अपेक्षा, भरोसा सबैमाझ आशाका किरणहरू पलाएका छन्। त्यसकारण यदि तपाईँ हामीहरू कुनै दल पार्टीका मान्छे छौ भने पनि दल फेर्नुपर्छ भन्ने आवश्यक छैन, एकचोटि ती युवाहरूको आँट साहसलाई साथ दिएर देश निर्माण गर्नमा हातेमालो गर्ने हो कि ताकि भावी पुस्ताले हाम्रो पुस्तौ पुस्तौ गुणगान गाउनेछ।
तसर्थ,निर्णय लिने तपाईँ हाम्रो हातमा छ,देशलाई विदेशको जस्तो सिस्टम बनाएर आफू स्वदेशमै रमाउने कि सधैंभरि विदेशीको शरणमा गुलामी भएर श्रम गर्न जाने र युवा अवस्थाको जवानी विदेशमै सकेर वृद्धावस्थामा वृद्धा आश्रममा बस्न स्वदेशमा आउने त्यो तपाईँ हाम्रो निर्णयको फल हुनेछ, त्यसैले एकचोटि गहन भएर मत सही चिन्हमा लगाएर देशको सही नेतृत्ववान व्यक्तिलाई देश हाक्नलाई सहयोग पुर्याउँ उन्नततर्फ अगाडि बढाउ जय नेपाल जय देश !🇳🇵