23/01/2026
आदरणीय बर्दगोरिया गाउँपालिकाका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार! म तपाईँकै गाउँको छोरो, हाल जापानबाट। यहाँको विकास, यहाँको सिस्टम र यहाँका नेताहरूले देशका लागि गरेको काम देख्दा मनमा सधैँ एउटै प्रश्न उठ्छ— "हाम्रो नेपालमा चाहिँ यस्तो दिन कहिले आउला?" हामी नेपालीहरू जापानमा आएर दिनरात नभनी अहोरात्र मिहिनेत गर्छौँ, तर त्यो मिहिनेत आफ्नै देशको माटोमा गर्ने वातावरण कहिल्यै बनेन।
अहिले देशमा संसदीय निर्वाचन आएको छ। यो चुनाव भनेको गाउँमा सानोतिनो ढल बनाउने मान्छे छान्ने चुनाव होइन, यो त देशको प्रणाली (System) सुधार्ने र नयाँ कानुन बनाउने चुनाव हो। जापान जस्तो व्यवस्थित देश बन्नका लागि पहिले देशको नीति र नियत सफा भएको नेतृत्व चाहिन्छ।
हामीले वर्षौँदेखि 'आफ्नो मान्छे' र 'पुरानो पार्टी' भनेर भोट दियौँ, तर त्यसले न देश बदलियो, न त हाम्रो अवस्था। बरु हामी युवाहरू झोला बोकेर एयरपोर्टतिर लाम लाग्न बाध्य भयौँ। यदि यसपालि पनि हामीले विवेक प्रयोग गरेनौँ भने हाम्रा आगामी पुस्ताले पनि यसै गरी परदेशमै आफ्नो जवानी साट्नु पर्नेछ।
त्यसैले मेरो बर्दगोरियाका सम्पूर्ण सुझबुझपूर्ण मतदाताहरूमा विशेष अनुरोध छ:
१. नातावाद र कृपावादलाई त्याग्नुहोस्: 'चिनेको मान्छे' भन्दा पनि 'देश बनाउने मान्छे' रोज्नुहोस्।
२. संसदीय चुनावको मर्म बुझ्नुहोस्: यो चुनाव भ्रष्टाचारीलाई जेल पठाउने र देशमा थिति बसाल्ने चुनाव हो।
३. परिवर्तनको पक्षमा उभिनुहोस्: यसपालि कुनै डर र प्रलोभनमा नपरी, नयाँ जोस र भिजन भएको घण्टी (🔔) मा मतदान गरौँ।
हामी जस्ता परदेशीहरूलाई "अब देशमै केही हुन्छ है" भन्ने आशा जगाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई यसपालि भारी बहुमतले जिताउनु पर्नेछ। तपाईँको एउटा भोटले मेरो स्वदेश फर्कने बाटो तय गर्न सक्छ।
जय देश, जय बर्दगोरिया!
जय घण्टी! 🔔🔔