18/12/2021
कबड्डी कबड्डी कबड्डी .........
त्यसो त यो शृङ्खलाबध्द बन्दै आएको सिनेमाको तेस्रो भाग हो । चर्चा वा व्यवसायिक दृष्टिले यो कति सफल सिनेमा हो ? त्यो अर्कै कुरा हो । तर यसको कथानकतामा मौलिकता, पटकथाहरूको स्वभाविक र सिलसिलेवार बुनाई, चरित्रहरूको बिकास र परिपक्वता अनि त्यसमाथि अर्गानिक पात्रहरूले गरेको बेजोड अभिनय - कर्मले गर्दा यो सिनेमा साँच्चिकै गज्जबको छ ।
त्यसो त यो सिनेमा बुझ्न र यसको स्तरीयता मापनको निम्ति अघिल्ला दुई भाग हेर्न अनिवार्य छ । हुन त, ती अघिल्ला भागहरू नहेरेका नेपाली दर्शक सायदै होलान् । जे होस् कबड्डी कबड्डी कबड्डी यौटा उत्कृष्ट सिनेमा हो । स्वयम् आफ्ना अघिल्ला भागहरूभन्दा नि परिपक्व बन्न गएको छ ।
प्रायः नेपाली सिनेमा हेर्दा समय मात्र खेर गएको किसिमको अनुभूति हुने गरेको कुरा धेरैले गर्छन् । तर यो सिनेमा हेर्दा कोही कसैले त्यस खालको महसुस गर्नुपर्दैन । हेरुञ्जेल सिनेमाले त्यसभित्रै बाँधिरहन्छ । हेरिसकेपछि हृदयका खुला आकासमा सन्तोष र आनन्दका परेवाहरू माथि - माथि उडिरहन्छ्न् । मस्तिष्क रिफर्मेट गरिएको कुनै हार्डवेयर झैं सून्य सून्य हुनपुग्छ । हो, मस्तिष्कले गज्जबको पुनःताजगी प्राप्त गर्दछ । मतलव, मस्तिष्क लाखौं टेराबाइटको थप भार खप्न तयार बन्दछ ।
साँच्चिकै यौटा सुन्दर सिनेमाको प्रभाव वा असर के कतिसम्म हुनसक्दोरहेछ, भन्ने कुराको सारा अनुभूति दिलाउन यो कबड्डी - ३ सफल छ ।
कोही कसैले विविध कारणवश हेर्न भ्याउनु भएको छैन भने हेर्नुहोला । म सिफारिस गर्दछु । म आग्रह गर्दछु । धन्यवाद ।
KABADDI KABADDI KABADDI (Kabaddi 3) - New Nepali Full Movie 2022 || Dayahang Rai, Upasana Singh Thakuri, Rishma Gurung, Karma, Wilson Bikram Rai, Buddhi Tam...