01/07/2026
ओशोको बारेमा धेरै सुनियो, केही पढियो पनि, जति सुने अधिकांश नेगेटिभ कुराहरू सुनियो, ओशोमा anxiety, depression भएका हरू or divorcy हरू मात्र जाने ठाउँ जस्तो भास्य धेरै सुने, तर जब म ओशोको प्रवचनहरू सुन्थेँ मलाई रमाइलो लाग्थ्यो, जीवन प्रेरक लाग्थ्यो, धेरै पहिलेदेखि नै ओशो सेन्टरमा जाने र meditation plus अरू कुरा हरू बुझ्ने मन थियो, मलाई थाहा थियो कि mountain flight मा गएर त हिमाल चाहिँ देखिन्छ तर snow को अनुभूति गर्न सकिन्न, त्यसको लागि त snow हुने ठाउँमै जानुपर्छ, तसर्थ मैले ओशो आस्था केन्द्र जाने निधो गरे।
मित्र अवतार केसीको समन्वय र पहलमा त्यो अवसर जुर्यो गत शनिबार २० जुन २६ का दिन। बिहान ८ बजेदेखि सुरु भएको meditation को क्रम बेलुकी ८ बजेसम्म नै रह्यो, त्यो एउटा अद्भुत अनुभव थियो, अझ रमाइलो त मित्र प्रकाश हुमागाईं पनि आएका रहेछन्, त्यसपछि त अझ रौनक बढ्यो, धेरै चिरपरिचित अनुहार पनि थिए, बीच बीचमा रमाइला गफगाफ अनि हाँसी मजाकले अझ मन आह्लादित बन्यो। Meditation थोरै intense थियो तर त्यो अद्भुत अनुभव पनि थियो।
मान्छेहरूले भन्थे कि ओशोमा जानेहरू बिन्दास पाराले हाँस्छन्, रुन्छन्, पागल सरि कराउँछन्, नाच्छन् पनि भन्थे, तर म त्यो सबै अनुभव गर्दै थिएँ, म धेरै जनाको बीचमा थिएँ तर म एक्लो यात्री झैँ रुम्मालिएको थिएँ, म आफ्नै भित्री दुनियाँमा रमाइरहेको थिएँ, सायद अरूले देखेको भए मलाई पनि पागलको ट्याग लाग्थ्यो होला, तर म त मग्न मस्त थिएँ।
मैले धन्यवाद भन्नै पर्छ मित्रहरू अवतार केसी, प्रकाश हुमागाईंलाई, अनि सेन्टरकी गुरुआमा सानु ज्योत्स्ना, सीमा जी, अर्को प्रकाश भाइ र अरू धेरै भाइबहिनीहरूलाई। म यो spiritual journey को base camp पुगेको महसुस भएको छ, अब बिस्तारै चुचुरोमा पनि पुग्ने हो।
र अन्त्यमा म ओशोलाई चिन्न र बुझ्न गएको थिएँ, तर मैले म आफैँ बुझेर चिनेर फर्केको छु।
सबै सहभागीप्रति फेरि एकपटक हार्दिक नमन। 🙏